default_image

6 years ago

February 3, 2019

वर्षा रोकियो, खेल केहीबेरमा सुरु हुने

134 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

नेपाल र यूएईबीच जारी टि-२० सिरिजको तेस्रो खेल वर्षाले प्रभावित भएको छ । सुरुवात केहि ढिलो भएपनि वर्षा रोकिएपछि खेल सुरु हुने सम्भावना बढेको छ ।

खेल नेपाली समयानुसार २:४५ बजे (स्थानीय १ बजे) सुरु हुने तोकिएको थियो । तर निरन्तर वर्षा र हावाहुरीका कारण टस पनि हुन सकेको छैन । स्थानीय समय २:१५ बजे (नेपालको ४ बजे ) वर्षा रोकिएको छ । पिचमा रहेको कभर निकालेर अम्पायरले निरीक्षण गरिरहेको अवस्था छ ।

प्रशिक्षक जगत टमाटाले दिएको जानकारी अनुसार अब आधा घन्टामा टस हुनेछ । आउटफिल्ड राम्रो रहेकाले खेल चाडैं सुरु हुने भएको हो । खेल २० ओभरभन्दा कम हुनेछ र कति ओभर भन्ने टसपछि मात्र यकिन हुन सक्नेछ । खेल १० देखि १२ ओभर प्रति टोलीको हुने सम्भावना छ ।

नेपाल ऐतिहासिक टि-२० सिरी जित्ने संघारमा रहेको छ । सिरिज हाल १-१ को बराबरीमा छ ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.