6 years ago
February 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता माघ २६ गतेदेखि फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
शनिवार सार्वजनिक भएको तालिका अनुसार उद्धघाटन खेल सोमपाल कामी कप्तान रहेको धनगढी स्टार्स र करण केसी मार्की खेलाडी रहेको विराटनगर किंग्सले खेल्ने छन् । सबै टिमले एक अर्कासँग फागुन ६ गते सम्म प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष चार टोली प्ले अफमा पुग्नेछन् भने पुछारका दुई टोली समुह चरणबाटै बाहिरिने छन् ।
तालिकाको शिर्ष दुई टोली फाइनल प्रवेशको लागि फागुन ७ गते भिड्ने छन् । पराजित टोलीले अर्को क्वालिफायर खेल खेल्न पाउने छ । तालिकामा तेस्रो र चौथो स्थानका टोली फागनु ८ मा एलिमिनेटर खेल्ने छन् । ऐलिमिनेटरको विजेता टोलीले फागुन ९ मा पहिलो क्वालिफायरमा पराजित टिमसँग फाइनलमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल फागनु ११ गते हुने छ ।
उद्धघाटन र फाइनल खेल दिउँसो एक वजेपछि हुने छ । अन्य खेल विहान ९ र दिउँसो १ वजे गरि खेल सञ्चालन गरिने छ । सबै खेल फाप्ला क्रिकेट मैदानमा हुने छ । यसअघिका दुवै संकरणको उपाधि साविक धनगढी टिम चौराह हाल (धनगढी स्टार्स) ले जितेको थियो । रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्स गरि ६ शहरका ६ फ्रेन्चाइज टिम रहेका छन् ।
हेर्नुहोस डीपीएलको खेल तालिका :
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]