6 years ago
February 1, 2019
सुबास हुमागाईं, दुबई
युवा ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरीले यूएईविरुद्ध दोस्रो ट्वान्टी-२० खेलमा शानदार ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई ४ विकेटको जित दिलाए । दिपेन्द्रको उत्कृष्ट ब्याटिङसँगै नेपालले ३ खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ ।
खेलको सातौं ओभरमा तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले विजयी सट प्रहार गर्दै टोलीलाई जित दिलाए । उनले ४१ बलमा ४७ रन जोडे । यसक्रममा उनले ४ चौका र १ छक्का प्रहार गरे ।
यूएईविरुद्ध जारी सिरिजमा खराब लयबाट गुज्रिरहेका दिपेन्द्रले रन जोड्न केहि दबाब रहेकाले राम्रो प्रदर्शन गर्न पाउँदा खुसी लागेको बताए । ओडीआई सिरिजको पहिलो खेलमा शून्यमा रनआउट भएका दिपेन्द्रले दोस्रो खेलमा १० रनमात्र जोडे । तेस्रो ओडीआईमा ६ रनमा आउट भएका दिपेन्द्र पहिलो टि-२० मा पनि ४ रनमात्र जोड्न सकेका थिए ।
‘सुरुवाती खेलहरुमा रन निस्केको थिएन । रन जोड्न नसक्दा केहि दबाब थियो । आजको खेलमा रन जोड्न सक्दा निकै खुसी लागेको छ । टोलीलाई जित दिलाउने इनिङस् खेल्न सकें,’ उनले भने ।
खेलपछि बोल्दै दिपेन्द्रसिंह ऐरी :
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]