default_image

6 years ago

February 1, 2019

रोमाञ्चक खेलमा नेपाल ४ विकेटले विजयी, श्रृंखला बराबर

103 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

जारी युएई विरुद्धको टि-२० श्रृंखलाको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । नेपालले १ सय ८ रनको लक्ष्य ६ विकेट गुमांउदै ३ बल बाँकीं रहंदा पुरा गरेको हो । यस जितसंगै ३ खेलको श्रृंखला १-१ को बराबरीको स्थितिमा पुगेको छ ।

टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले १ सय ८ रनको लक्ष्य पछ्याउने क्रममा पहिलो ओभरमै कप्तान पारस खड्कालाई शुन्यमा गुमाउन पुग्यो । अर्का ओपनर प्रदीप ऐरी दोस्रो ओभरमा ८ रनमा आउट भएपछि उपकप्तान ज्ञानेन्द्र मल्ल र करण केसीको २६ रनको साझेदारीले नेपालको पारी केही उकासिएको थियो ।

सातौं ओभरमा ८ रन जोडेका मल्ल सुल्तान अहमदको बलमा एलबीडब्लु आउट भए भने आठौं ओभरको अन्तिम बलमा करण २० रनमा बोल्ड आउट हुन पुगे । पहिलो खेलमा अर्धशतक प्रहार गरेका सन्दीप जोरा १ रनमै आउट भएपछी नेपाल ४७-५ को कठिन अवस्थामा पुगेको थियो ।

त्यसपछि दिपेन्द्र सिंह ऐरी र नेपालका लागि टि-२० मा डेब्यु गरिरहेका पवन सर्राफले नेपालको पारीलाई गति दिन सफल भए । अहिलेसम्म युएई भ्रमणमा ब्याटिङमा लयबाट केही बाहिर देखिएका दिपेन्द्रले ४७ रनको अत्यावश्यक पारी खेले भने पवनले १८ रनसहित दिपेन्द्रको राम्रो साथ दिंदै नेपालको जित आधार तयार पारे ।

अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको अवस्थमा नेपालले पहिलो बलमा पवनलाई गुमाएपनि त्यसपछि दीपेन्द्रले छक्का र चौका प्रहार गर्दै नेपाललाई जित दिलाए । ४१ बलको सामना गरेका दिपेन्द्रको पारीमा ४ चौका पनि सामेल थियो ।

त्यसअघि पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० औं ओभरमा सबै विकेटको क्षतिमा १ सय ७ रन बनाउन सकेको थियो । ओपनर सि.पि रिजवानले सर्वाधिक ४४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा यूएई सामान्य स्कोरमा नै समेटिएको थियो । रिजवनले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा मिड अफमा ज्ञानेन्द्र मल्लद्धारा उत्कृष्ट क्याच गराउँदै ओपनर अस्फाक अहमदलाई ४ रनमा पेभिलिएन फर्काएका थिए । लगतै सोमपालले नै तेस्रो ओभरको तेस्रो बलमा अर्का ओपनर गुलाम शब्बेरलाई ६ रनमा विकेटकिपर प्रदीप ऐरीबाट क्याच गराएका थिए ।

छैटौं ओभरको चौथो बलमा कडा छक्का प्रहार गरेका शाइमन अनवरलाई पाँचौ बलमा भने सन्दीपले आफ्नो जादुमा फसाए । अनवरलाई आउट गरेको अर्को बलमा मोहम्मद उस्मानलाई पनि खाता खोल्न नदिई आउट गर्दा सन्दीप ह्याट्रिक नजिक पुगेका थिए । अनवारले ११ बलमा समान एक चौका र छक्का सहित १४ रनको योगदान दिएका थिए ।

११ औं ओभरको तेस्रो बलमा करण केसीले मोहम्मद बूटालाई ११ रनमा क्याच आउट गराए । १३ ओभरको चौथो बलमा अभिनास बोहोराले आमिर हायतलाई ३ रनमा दिपेन्द्रसिंह ऐरीबाट उत्कृष्ट क्याच गराएका थिए । अभिनासले १५ ओभरको तेस्रो बलमा कप्तान मोहम्मद नाविदलाई ७ रनमा क्याच आउट गराएपछि यूएई संकटमा परेको थियो । जुन समय खेलामा नेपालले पूर्ण रुपममा पकड जमाई सकेको थियो । १६ ओभरको तेस्रो बलमा पवन सरार्फले आफ्नै बलमा सुल्तान अहमदको क्याच छोड्न पुगे ।

यूएईलाई सस्तैमा रोक्न अभिनाश बोहोराले ३ तथा सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले २-२ विकेट लिएका थिए । तिन टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । नेपालले तेस्रो तथा निर्णायक टी-२० खेल पर्सि फेब्रुअरी ३ मा खेल्ने छ ।

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.