default_image

6 years ago

February 1, 2019

दोस्रो खेलमा दुई परिवर्तन, नेपाललाई फिल्डीङको निम्तो

103 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार यूएईविरुद्ध ट्वान्टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर फिल्डीङको निम्तो पाएको छ । पहिलो खेलमा २१ रनले पराजित नेपालले टोलीमा दुई परिवर्तन पनि गरेको छ ।

नेपालले यस खेलका लागि पवन सर्राफ र ललितनारायण राजवंशी टोलीमा आएका छन् । पवनले राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय टि-२० मा डेब्यु गर्दैछन् । ललितले भने नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए ।

पछिल्लो खेलमा मध्यक्रममा अपेक्षित प्रदर्शन गर्न नसकेका कारण रोहितको स्थानमा पवन सर्राफ आएका हुन् । पवन बलिङ अलराउन्डर हुन् । उनले ओडीआई सिरिजमा सुरुवाती दुई खेल खेलेका थिए । यता ललितले ओडीआई सिरिजका पछिल्ला दुई खेलमा पहिलो रोजाईबाट खेलेका थिए ।

दोस्रो खेलका लागि नेपाली टोली :

ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी, पारस खड्का (कप्तान), दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, पवन सर्राफ , सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, ललित नारायण राजवंशी, अभिनाश बोहोरा

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

Success

Thank you for your time.