default_image

6 years ago

January 31, 2019

सन्दीप जोराको रेकर्ड: टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने कान्छा खेलाडी

122 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

नेपाल विरुद्ध युएईको ३ खेलको टि-२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा नेपाल २१ रनले हार्न पुगे पनि नेपालका युवा ब्याट्सम्यान सन्दीप जोराले एक नयां व्यक्तिगत रेकर्ड कायम गरेका छन् । जोरा टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा अर्धशतक बनाउँदै उक्त कीर्तिमान कायम गरेका हुन् । नेपाल २१ रनले पराजित भएको खेलमा सन्दीपले ५३ रनको योगदान दिए । उनले आफ्नो इनिङसमा ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

सोमबार भएको यूएईविरुद्ध ओडीआई सिरिजको तेस्रो खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका सन्दीपले आज टि-२० मा पनि डेब्यु गरेका थिए । अर्धशतक प्रहार गर्दै सन्दीप टि-२० डेब्युमा नेपालका लागि सर्वाधिक रन बटुल्ने खेलाडी पनि बनेका छन् । यसअघि ज्ञानेन्द्र मल्लले सन् २०१४ को टि-२० विश्वकपमा हङकङविरुद्ध ४८ रन जोडेका थिए ।

यस अघि ओडीआई श्रृंखलामा अर्का युवा ब्याट्सम्यान रोहित पौडेल ओडीआईमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी भएका थिए । सो बेला १६ वर्ष र १ सय ४६ दिनका रोहितले शाहिद अफ्रिदी र सचिन तेन्डुल्करको रेकर्ड तोडेका थिए ।

क्रिकइन्फोका अनुसार टि-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सन्दीप नवौं कान्छा खेलाडी हुन् भने १६ वर्ष १ सय ५१ दिन पुगेका रोहित पौडेल तेस्रो कान्छा खेलाडी हुन् । नेपालले युएई विरुद्धको दोस्रो टि-२० खेल भोलि फेब्रुअरी १ खेल्ने छ ।

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

March 25, 2025

एक‌ सातामा क्रिकेट टोलीको प्रशिक्षक नियुक्त हुने!

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। अबको एक सातामा प्रशिक्षक नियुक्ति प्रक्रिया टुङ्गो लाग्ने क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद डटकमलाई बताए। प्रशिक्षकका‌ लागि ७० जनाले दिएको आवेदनबाट १० जनालाई सर्टलिस्ट गरिसकेको र अन्तर्वार्ता अन्तिम चरणमा पुगेको पनि क्यानले […]

Success

Thank you for your time.