6 years ago
January 31, 2019
सुबास हुमागाईं, दुबई
यूएईसँगको पहिलो टि–२० खेलमा सन्दीप जोराको अर्धशतकका बाबजुद नेपाल २१ रनले पराजित भएको छ । यो सँगै तीन खेलको टि–२० श्रृंखलामा यूएईले १–० को अग्रता लिएको छ । १ सय ५४ रनको लक्ष्य पक्ष्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रनमात्र बनाउन सक्यो ।
शीर्षक्रमको ब्याटिङ नचल्दा सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरेपनि अन्य ब्याट्सम्यानको साथ राम्रो नपाउँदा नेपाल पराजित हुनु पर्यो । सन्दीपले ४६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाए । त्यस्तै सोमपाल कामीले १९ बलमा १ चौका र १ छक्कासहित १९ रन जोडे ।
नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर प्रदीप ऐरीलाई गुमाएको थियो । ऐरीलाई कप्तान मोहम्मद नाविदले एलवी डब्लू आउट गरे । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ३१ रनको साझेदारी गरे । मल्ललाई पाँचौ ओभरको अन्तिम बलमा सुल्तान अहमदले विकेटकीपर गुलाम शब्बेरबाट क्याच गराउँदै ७ रनमा पेभिलिएन फर्काए ।
लगतै छैटौं ओभरको तेस्रो बलमा आमिर हायतले सुल्तान अहमदद्धारा क्याच गराउदै दिपेन्द्रसिंह ऐरीलाई ४ रनमा आउट गरे । आठौं ओभरको पाँचौ बलमा जहूर खानले सुल्तानकै हातबाट क्याच गराउँदै कप्तान पारस खड्कालाई २५ रनमा आउट गरेपछि नेपाल ४८–४ को कमजोर अवस्थामा पुगेको थियो । लगतै १० औं ओभरको पाँचौ बलमा रोहित कुमार पौडेल ४ रनमा आउट भए । सन्दीप जोरा र करण केसीले ३३ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकास्ने काम गरे । तर १४ ओभरको अन्तिम बलमा सुल्तान अहमदले आफै उत्कृष्ट क्याच लिदै करण केसीलाई ४ रनमा आउट गरेपछि नेपालको जित टाढा बनेको थियो ।
यूएईका लागि सुल्तान अहमद, मोहमद नाविद र जाहुर खानले समान २-२ विकेट लिँदा आमिर हायतले समान एक विकेट लिए ।
त्यसअघि आईसीसी एकेडमी मैदानमा पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो । यूएईले दोस्रो ओभरको पहिलो बलमै ओपनर अस्फाक अहमदलाई २ रनमा गुमाएको थियो । सन्दीप लामिछानेले अस्फाकलाई वसन्त रेग्मिबाट क्याच गराए । त्यस्तै सोमपाल कामीले पाँचौ ओभरको तेस्रो बलमा गुलाम शब्बेरलाई ८ रनमा क्याच गराउँदै पेभिलिएनको बाटो देखाए ।
सीपी रिजवानले छैटौं ओभरको दोस्रो,तेस्रो र चौथो बलमा करणलाई चौका प्रहार गरे । रिजवान पनि क्रिजमा धेरै बेर जम्न पाएनन् । वसन्त रेग्मिले सातौं ओभरको चौथो बलमा प्रदीप ऐरीद्धारा क्याच गराउँदै २२ रनमा आउट गर्दिए । क्याच आउट हुनु अघि रिजवानले १९ बलमा चार चौका प्रहार गरेका थिए ।
मोहम्मद उस्मानले कप्तान पारसलाई १० औं ओभरको पाँचौ बलमा कडा छक्का हान्दै पहिलो १० ओभरमा ६३-३ को अवस्थामा पुर्याए । लगतै ११ ओभरको चौथो बलमा बसन्तलाई शाइमान अनवरले छक्का प्रहार गर्दै यूएईलाई विशाल योगफल तर्फ डोर्याए ।
राष्ट्रिय टिममा डेब्यू गरेका तीव्र गतिका बलर अभिनाश बोहोराले १२ औं ओभरमा १ चौका सहित ७ रन खर्चिए । करण केसीले १३ औं ओभरमा १ छक्का र २ चौका सहित १६ रन खर्चिन पुगे । १४ औं ओभरको पाँचौ बलमा मोहम्मद उस्मानलाई सोमपालबाट क्याच गराउदै सन्दीपले ६१ रनको साझेदारी तोडे । उस्मानले २४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३० रनको योगदान दिए ।
१७ ओभरको पाँचौ बलमा अभिनास बोहोराले सर्वाधिक रन बनाई आक्रमक रुपमा ब्याटिङ गरि रहेका अनवारलाई बोल्ड गर्दै डेब्यूमै पहिलो विकेट लिन सफल भए । बोल्ड आउट हुनु अघि अनवारले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रनमा आउट भए । मोहम्मद बूटा २० रनमा अविजित रहे ।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । वसन्त रेग्मीले पनि २ विकेट लिँदा सोमपाल कामी र अभिनाश बोहोराले १-१ विकेट हात पारे ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]