6 years ago
January 31, 2019
हेमिल्टन (एजेन्सी)– तीब्र गतिका बलर ट्रेन्ट बोल्टले घातक बलिङ गर्दै ५ विकेट लिएपछि भारतसँगको पाँच ओडिआई सिरीजको चौथो खेलमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको छ । बिहीबार भएको चौथो खेलमा भारतले प्रस्तुत गरेको ९३ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले १४.४ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो ।
घरेलु टोलीका लागि रोस टेलर २५ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ३७ रनमा अविजित रहे । त्यस्तै ओपनर नरी निकोलस ४२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा अविजित रहे । कप्तान केन विलियम्सन ११ र मार्टिन गुप्टिल १४ रनमा आउट भए । भारतका लागि भुवनेश्वर कुमारले २ विकेट लिएपनि हार टार्न सकेनन् ।
त्यस अघि टस हारेर ब्याटिङ गरेको भारत ट्रेन्ट बोल्टको घातक बलिङ सामु ३०.५ओभरमा अल आउट हुँदै ९२ रनमा समेटियो । भारतका लागि युजवेन्द्र चाहाल ३७ बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक १८ रनमा अविजित रहे । कप्तान विराट कोहली र महेन्द्रसिंह धोनीलाई आराम दिएको खेलमा भारतका ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
हार्दिक पान्ड्या १६,शिखर धवन १३ र कुलदिप यादवले १५ रन बनाउन सके । कप्तान रोहित शर्मा ७ र यसै खेलबाट भारतीय टिममा डेब्यू गरेका युवा ब्याट्सम्यान शुवमन गिल ९ रनमा आउट भए । भारतका आम्बाती रायडु र दिनेश कार्तिकले रनको खाता खोल्न सकेनन् ।
न्युजिल्यान्डका बोल्टले १० ओभरमा ४ मेडन सहित २१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कोलन डी ग्रान्डहोमले पनि १० ओभरमा २ मेडन सहित २६ रन खर्चेर ३ तथा जेम्श निशम र टोड एस्टलले समान १ विकेट लिए । श्रृखंलामा भारत ३–१ ले अगाडि छ । सिरिजको अन्तिम खेल आइतबाट हुनेछ ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]