default_image

6 years ago

January 30, 2019

‘टोलीमा प्रतिस्पर्धा बढ्नु राम्रो हो’ – कप्तान पारस

101 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली टोलीमा अहिले अन्तरिक प्रतिस्पर्धा निकै चुलिएको बताएका छन् । यूएईविरुद्ध सोमबार तेस्रो तथा निर्णायक ओडीआईमा शतक बनाएर पारसले नेपाललाई ऐतिहासिक ओडीआई सिरिज उपाधि दिलाएका थिए । बिहीबार नेपालले ३ खेलको ट्वान्टी-२० सिरिजको पहिलो खेल खेल्दैछ ।

ट्वान्टी-२० सिरिजको पहिलो खेलको अघिल्लो दिन प्रशिक्षणका क्रममा बोल्दै कप्तान पारसले टोलीमा प्रतिस्पर्धा निकै चुलिएको बताए । ‘टोलीमा प्रतिस्पर्धा निकै बढेको छ । टोलीमा रहेका १६ खेलाडी नै पहिलो रोजाइमा पर्न सक्षम छन् । सबैलेआफ्नो शत प्रतिशत मिहिनेत दिएर खेलेका छन्,’ उनले भने, ‘ नतिजा आउने नआउने आफ्नो ठाउमा छ । तर खेलाडीहरु सुरुवाती ११ मा होस् या बाहिर बसेर होस्, आफ्नो तर्फबाट हरप्रयास गरिरहेका छन् ।’

टि-२० सिरिजको पहिलो खेलको पूर्वसन्ध्यामा बोल्दै कप्तान पारस:

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.