default_image

6 years ago

January 29, 2019

नेपालले पाकिस्तानलाई १० विकेटले हरायो

53 views

0 Bookmark

लाहोर (पाकिस्तान) – विश्वमै पहिलो पटक आयोजना भइरहेको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ ।

नेपालको महिला नेत्रहीन क्रिकेट टिमले मंगलवार पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । लाहवरस्थित किन्नर्ड दकलेजको क्रिकेट मैदानमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोली पाकिस्तान ५३ रनमै अलआउट भयो ।

पाकिस्तानले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभर खेल्दै कुनै विकेट नगुमाई पूरा गरेको हो। नेपालको जितमा विनिताले पहिलो ओभरकै सुरुवाती तीन बलमा लगातार चौका प्रहार गर्दै नेपाललाई शानदार सुरुवात दिलाएकी थिइन्। नेपालले पहिलो ओभरमै २० रन जोड्न सफल भयो ।

नेपालको जितमा विनिता सर्वाधिक २८ रनको अविजित योगदान दिइन् । १९ बल खेलेकी उनले ५ चौका समेत प्रहार गरिन्। यस्तै मनकेसीले १४ बल खेल्दै २ चौकाको मद्दतमा नटआउट १९ रनका नट आउट रहिन् ।

पाकिस्तानका लागि किरन रफिकले सर्वाधिक ९ रन बनाउदा ४ खेलाडीले खाता समेत खोल्न सकेनन्। पाकिस्तानले १६ रन अतिरिक्तबाट पाएको थियो। उत्कृष्ट बलिङ गरेको नेपालको लागि सरिता घिमिरे र भगवती अमगाईले १(१ विकेट लिइन् भने पाकिस्तानका ८ खेलाडी रनआउट भए

विकेटकिपर मनकेसी चौधरी र सरिता घिमिरेले समान ४ रनआउट गरेका थिए । उत्कृष्ट फिल्डिङ गर्दै १ विकेट लिनुका साथै चार रनआउट गरेकी सरिता खेलको प्लेअर अफ दि म्याच घोषित भइन्। यस्तै नेपालको जितमा ब्याटिङमा २८ रन बनाएकी विनिता भ्यालुएबल प्लेअर बनिन्।

सरिताले नगद १५ हजार पाकिस्तानी रकम हात पारिन् भने विनिताले ५ हजार पाकिस्तानी रकम प्राप्त गरिन्।
खेलपछि नेपालकी कप्तान भगवती भट्टराईले पाकिस्तान विरुद्ध खेल्नु अघि केही डर लागेको भएपनि खेलपछि सबै डर हटेको बताइन्।पाकिस्तानको टिम नयाँ थियो, ६ महिनाअघि मात्र उनीहरुले टिम बनाएका थिए। कस्तो खेल्छ के गर्छ भन्ने थियो।

उनीहरुले पनि राम्रो क्रिकेट खेले। हामीले त्यो भन्दा राम्रो खेलेर खेल जित्यौँ। सबैले उत्कृष्ट क्रिकेट खेले।अबको खेलहरुमा पनि नेपालले अझै उत्कृष्ट खेल प्रदर्शन गर्ने उनले बताइन्। यस्तै पाकिस्तानी टिमका कप्तान रबिअ शेहजादीले पहिलो खेल भएका कारण आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको बताइन्।

पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा विश्वमै पहिलो पटक नेपाल र पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीबीच अन्तर्राष्ट्रिय सिरिज भएको हो। सिरिजअन्तर्गत अबका खेलहरु फैसलावाद र इस्लामावादमा हुनेछ। दोस्रो खेल बिहीवार फैसलावादमा हुनेछ। नेपाली टोली वुधवार लाहोरबाट फैसलावाद जानेछ।

September 23, 2024

बागमती प्रदेश क्रिकेटको साधारण सभामा खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश क्रिकेट संघको तेस्रो साधारण सभा आज सम्पन्न भएको छ। साधारण सभामा बागमती प्रदेशका ४ खेलाडी सम्मानित भए। वर्ष पुरूष खेलाडीबाट सूर्य तामाङ र बर्ष महिला खेलाडीबाट खुशी डंगोल सम्मानित भए। उनीहरूलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको छ। यसैगरी उदयीमान पुरूष खेलाडीबाट आशुतोष घिरोयिया र महिलाबाट हेलिसा गुरूङ सम्मानित भएका […]

September 23, 2024

एनपिएलको लागि राखेपमा हेल्प डेस्क

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रमियर लिग (एनपिएल) को लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले औपचारिक रूपमा हेल्प डेस्कको सुरूवात गरेको छ। आज राखेपका सदस्य सचिव टंक लाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले हेल्प डेस्कको संयुक्त रुपमा उदघाटन गरे। हेल्प डेस्क राखेपको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा रहेको छ। हेल्प डेस्क राखेपको प्रशासन […]

September 23, 2024

अमेरिकाको लगातार तेस्रो जित

एजेन्सी – आइसिसी विश्वकप लिग टुमा अमेरिकाले लगातार तेस्रो जित हासिल गरेको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीलाई ७ विकेटले पराजित गर्दै अमेरिकाले आफ्नो जितको लयलाई निरन्तरता दिएको हो । पहिलो खेलमा नामिबियालाई नै पराजित गरेको अमेरिकाले दोस्रो खेलमा युएईमाथि जित हात पारेको थियो । आइतवार भएको खेलमा नामिबियाले दिएको २ […]

Success

Thank you for your time.