default_image

6 years ago

January 28, 2019

पहिलो पटक आईसीसीको ओडीआई वरियतामा नेपाल

121 views

0 Bookmark

एजेन्सी- अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को ओडीआई वरियतामा नेपाल पहिलो पटक परेको छ । सोमबार यूएईलाई ४ विकेटले हराउँदै २-१ ले श्रृंखला जितेको नेपाल आईसीसीको ओडीआई वरियतामा १५ औं स्थानमा छ ।

नेपाल १ सय ५२ पोइन्ट र १५ रेटिङ अंकका साथ १५ औं स्थानमा छ । ओडीआई वरियतामा इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ । नेपालले गत मार्चमा जिम्बाबेमा सम्पन्न एक दिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर चार वर्षको लागि ओडीआई मान्यता प्राप्त गरेको थियो ।

गत अगस्टमा पहिलो ओडीआई सिरीज नेदरल्यान्डसँग खेल्दै १–१ को बराबरीमा सकाएको थियो । एसिया कप छनोटमा नेपाल यूएईसँग पराजित भएको थियो । आजको श्रृंखला जितेसँगै नेपालले ६ ओडीआईमा समान तीनमा जित र हार निकालेको छ ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.