6 years ago
January 28, 2019
सुबास हुमागाईं, दुबई
दुबईमा जारी एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा जित हात पार्दै नेपालले श्रृंखला आफ्नो नाममा पारेको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो र तेस्रो खेलमा शानदार जित दर्ता गर्न सफल रह्यो । सग्रमा नेपालले सिरिज २-१ ले कब्जा गर्यो ।
नेपालको जितमा ब्याटिङतर्फ कप्तान पारस खड्का नायक रहे । २ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा पारसले १ सय ९ बलको सामना गर्दै १ सय १५ रन जोडे । ओडीआईमा पहिलो शतक बनाउने नेपाली समेत बनेका पारसको इनिङ्समा १५ चौका र १ छक्का सामेल थियो । उनले खेलको म्यान अफ दि म्याचसँगै म्यान अफ द सिरिज पनि हात पारे ।
१९ रनको स्थितिमा पहिलो विकेटका रुपमा ओपनर विनोद भण्डारीलाई गुमाएपछि क्रिजमा आएका पारसले उपकप्तान ज्ञानेन्द्र मल्ल (३१ रन) को राम्रो साथ पाए । दिपेन्द्र ऐरी (६ रन), पहिलो खेल खेलिरहेका सन्दिप जोरा (१९ रन) र रोहित पौडेल (१६ रन) लगातार आउट भएपनि एक तर्फबाट पारसले नेपालको इनिङ्स सम्हाले ।
३९ औं ओभरमा पारस आउट भएपछि सोमपाल कामी (२६ रन) र रोहित पौडेल (२१ रन) मिलेर ४४ ओभर ४ बलमा नेपालको जित सुनिश्चित गरे ।
यसअघि टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले २ सय ५५ को लक्ष्य पाएको थियो । सुरुवातमा राम्रो तथा कसिलो बलिङ गरे पनि पछिल्लो १५ ओभर नेपालको लागि खर्चिलो सावित भयो ।
खराब सुरुवात गरेको यूएई कुनै समय ५० ओभर पुरै टिक्न नसक्ने अवस्थामा पुगेको थियो । तर पाँचौ विकेटका लागि अनवार र सि.पि रिजवानले २० ओभर २ बलमा ४७–४ को अवस्थामा रहेको यूएईलाई १ सय रनको शतकीय साझेदारी गर्दै ४२ ओभरमा १४७-५ को बलियो अवस्थामा पुर्याएपछि यूएईले नेपाललाई गतिलो चुनौती पेश गरेको हो ।
अन्तिम १६ ओभरमा नेपालका बलरले १ सय ५४ रन खर्चेका थिए । यूएईलाई विशाल योगफल तयार पार्न उत्कृष्ट ब्याटिङ गरेको अनवरले ७० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८७ रन बनाए । शतकीय साझेदारी करण केसीले ४२ ओभरको दोस्रो बलमा रिजवानलाई ४५ रनमा विकेटकीपर विनोदबाट क्याच गराउदै तोडेका थिए । रिजवानले ७६ बलमा ५ चौका प्रहार गरे ।
त्यस्तै आक्रममक ब्याटिङ गर्दै मोहम्मद बुटाले पनि अर्धशतक बनाए । नेपालका लागि करण केसी र पारस खड्काले २-२ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेको नाममा १-१ विकेट रहयो ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]