default_image

9 years ago

April 17, 2016

डि ककको शतक र नायरको अर्धशतकमा दिल्लीको जित

135 views

0 Bookmark

बैंगलोर, (एजेन्सी)- क्विन्टन डि कक र करुण नायरलाई रोक्न रोयल च्यालेन्जर्स बैंगलोर असफल भएपछि दिल्ली डेरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) लगातार दास्रो जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिड्को निम्तो पाएको बंैगलोरले कप्तान विराट कोहली र एबि डि भिलियर्सको अर्धशकतसँगै २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ को ठूलो स्कोर खडा गरेको थियो । तर झन्डै २ सय रनपनि दिल्लीका लागि ठूलो स्कोर रहेन ।

दिल्लीका क्विन्टन डि कक ब्याटिड् गर्दै ।

दिल्लीका क्विन्टन डि कक ब्याटिड् गर्दै ।

डि कक र नायरले तेस्रो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरेपछि दिल्लीले ५ बलअघि ३ विकेट गुमाएर आवश्यक १ सय ९३ रन बटुलेको थियो । म्यान अफ दि म्याच ओपनर डि ककले मात्र ५१ बलमा १ सय ८ रन बनाएका थिए । उनले १५ चौका र ३ छक्का प्रहार गरे । अविजित ५२ रन बनाएका नायरले ४२ बल खेलेका थिए । उनले ६ चौका र १ छक्का प्रहार गरे । जेपि डुमिनीले अविजित ७ रन बनाउँदै नायरलाई साथ दिए । बैंगलोरका सेन वार्टसनले २ र श्रीनाथ अरभिन्दले १ विकेट लिए ।
त्यसअघि क्रिस गेल पुनः असफल भएपनि कोहली र डी भिलियर्सले बैंगलोरलाई उकास्के काम गरे । दोस्रो विकेटका लागि कोहली र डि भिलियर्सले १ सय ६ रनको साझेदारी गर्दा सेन वार्टसनले १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाएका थिए । ४८ बल खेलेका कोहलीले ७ चौका र ३ छक्कासहित ७९ रन बनाए । डि भिलियर्सले ३३ बल खेले जसमा ९ चौका र १ छक्कासहित ५५ रन जोडे । टोलीका अन्य ब्याट्सम्यान खास चल्न सकेनन् । दिल्लीका मोहम्मद सामीले २, कप्तान जाहिर खान र कार्लोस ब्राथवाइटले समान १ विकेट लिए ।
जितपछि ४ अंकका साथ दिल्ली अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । सतप्रतिशत नजिजाका साथ गुजरात लायन्स (६) शीर्षस्थान र कोलकाता नाइट राइडर्स (४) दोस्रो स्थानमा छ । बैंगलोर , राइजिड् पुन सुपरजाइन्ट्स, मुम्बई इन्डियन्स, किड्स ११ पञ्जाबको समान २ अंक छ । ८ टोलीमध्ये सनराइजर्स हैदराबादमात्र अंकविहिन छ ।

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

March 8, 2025

इन्डो- नेपाल टि ट्वान्टी क्रिकेट- थन्डर सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]

March 8, 2025

नेपाल नामिबियासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]

Success

Thank you for your time.