6 years ago
January 28, 2019
दुबई(हाम्रो खेलकुद) – नेपाल र यूएईबीच जारी तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार मध्यान्न ११ : १५ देखी आईसीसी एकेडमी मैदानमा हुँदैछ ।
पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने १ सय ४५ रनको फराकिलो अन्तरले यूएईलाई पराजित गर्दै नेपाल सिरिजमा फर्कियो । नेपालको दोस्रो जितसँगै श्रृंखला १–१ को बराबरी अवस्थामा छ । आज नेपालले नतिजा आफ्नो पक्षमा पार्न सके ओडीआई मान्यता पाएको एक वर्ष पुग्न लाग्दा पहिलो सिरीज जित्ने छ ।
इतिहास रच्न नेपाली खेलाडी आतुर छन् । पहिलो सिरीज जित्ने लक्ष्यका साथ नेपाली टोली आईसीसी एकेडेमी मैदान प्रवेश गर्नेछ । त्यस्तै नेपालले आजको खेलमा यूएईलाई हराउँदै पहिलो ओडीआई सिरीज जित्न सक्ने यी तीन बलियो आधार पनि छन् ।
बलिङमा सन्दीप र सोमपालको उत्कृष्ट लय
स्पिनर सन्दीप लामिछाने र तीब्र गतिका बलर सोमपाल कामीले दुइ खेलमा एक आपसमा गरेर कुल १२ विकेट बाँडेका छन् । सोमपाल र सन्दीपको नाममा समान ६-६ विकेट छ । दुई खेलमा गरेर कुल १६ विकेट नेपाली बलरको नाममा रहेको छ । एक विकेट रनआउट भएको छ । सोमपाल र सन्दीपलाई छोड्दा कप्तान पारस खड्का र करण केसीले समान दुई दुई विकेट लिएका छन् ।
सोमपालले पहिलो खेलमा यूएर्एका ओपनर चिराग सुरीलाई शून्यमा पेभिलिएन फर्काएका थिए । सन्दीपले पहिलो खेलमा टप अडरका गुलाम शब्बेर र फहाद नवाजलाई आउट गरे । दोस्रो खेलमा भने सोमपालले ५ विकेट लिँदा सन्दीपले ४ विकेट लिए । ओडीआईमा नेपाल र करियरकै उत्कृष्ट बलिङ सोमपालले आफ्नो सुरुवाती चार ओभरमा टप अडरका चिराग सुरी, अस्फाक अहमद, गुलाम शब्बरे, शैमन अनवार र तल्लो क्रमका जहुर खानलाई पेभिलिएनको बाटो देखाएका थिए ।
मध्यक्रम धराशायी बनाउँदै आएका सन्दीपले सि.पि रिजवान, फहद नवाज, आमिर हायत र मोहम्मद उस्कामानलाई आउट गरे । उत्कृष्ट लयमा रहेका सन्दीप र सोमपालको बलिङ सामना गर्न यूएईका ब्याट्सम्यानलाई आज पनि सहज हुने छैन । सन्दीप र सोमपालको उत्कृष्ट बलिङमा नेपालले तेस्रो खेलमा यूएईलाई सहजै पराजित गर्दै पहिलो ओडीआई जित्न सक्छ ।
नेपालको सुधारिँदो ब्याटिङ
पहिलो खेलमा अपेक्षा भन्दा निकै खराव ब्याटिङ गरेको नेपाल १ सय १३ रनमै अल आउट हुन पुग्यो । दोस्रो खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै २ सय ४२ रन जोडेको थियो । जुन नेपालको ओडीआईमा सर्वाधिक रन समेत हो । उक्त स्कोरमा रोहितको विश्व कीर्तिमानी अर्धशतक सामेल थियो । राष्ट्रिय टोलीमा पुनरागमन गरेको खेलमा रोहितले ५८ बलमा ७ चौका सहित ५५ रन जोड्दै विश्वकै कान्छा अर्धशतक बनाउने रकेर्ड आफ्नो नाममा लेखाए ।
पहिलो खेलमा डक आउट हुँदा चर्को आलोचना खेपिरहेका ओपनर ज्ञानेन्द्र मल्लले विनोद भण्डारीसँग पहिलो विकेटको लागि ६१ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । आजको खेलमा पनि त्यस्तै साझेदारीको आसा गरिएको छ।
आरिफ शेख र पारस खड्काले पनि औसत रन जोडेका छन् । आज दिपेन्द्रको ब्याटबाटपनि राम्रो रन निस्कने अनुमान गरिएको छ । पहिलो खेलमा रन आउट हुँदै खाता खोल्न नसकेका दिपेन्द्रले दोस्रो खेलमा १० रनको योगदान मात्र दिन सके । त्यस्तै आजको खेलमा यूवा खेलाडी भिम सार्कीले पनि डेब्यू गर्ने सम्भावना छ। दोस्रो खेलको प्रर्दशनबाट उच्च मनोबलमा रहेका नेपाली ब्याट्सम्यानलाई रोक्न यूएईका बलरलाई पक्कै कठिन हुने छ ।
यूएईको कमजोर ब्याटिङ
पहिलो खेलमा १ सय १४ रनको सामान्य लक्ष्य पक्ष्याएको यूएईले लक्ष्य भेटाउन ३३ ओभरमा ७ विकेट गुमाउँदै संघर्ष गर्नु परेको थियो । दोस्रो खेलमा २ सय ४३ रनको लक्ष्य पक्ष्याउने क्रममा यूएई २० ओभरमै ९७ अल आउट भयो । दोस्रो खेलमा सन्दीप र सोमपालको घातक बलिङमा यूएईका ५ ब्याट्सम्यानले खाता खोल्न सकेका थिएनन् । यूएईका कुनै पनि ब्याट्सम्यानले दुई खेलमा ३० भन्दा माथि रन जोड्न सकेका छैनन् ।
कप्तान रोहन मुस्तफा,अहमद राजा र रमीज शहजाद विना सिरीज खेली रहेको यूएईलाई यी तिन खेलाडीको अभाव खड्कीरहेको छ । कुनै पनि ब्याट्सम्यान नेपाली बलर सामु खुलेर खेल्न सकेका छैनन् । नेपालले आफ्नै पुरै बलर पनि प्रयोग गर्नु गरेको छैन । नेपालको धारिलयो बलिङ सामु कमजोर ब्याटिङ ठहरिएको यूएईको फाइदा उठार्दै नेपालले आज ओडीआई सिरीज जित्न सक्छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]