default_image

6 years ago

January 27, 2019

बाबर र राजा रुपन्देही च्यालेन्जर्समा अनुबन्धित

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हङकङका कप्तान बाबर हायत र पाकिस्तानका प्रथम श्रेणीका क्रिकेटर राजा अलि डर रुपेन्देही च्यालेन्जर्समा अनुबन्धित भएका छन् ।

धनगढी प्रिमियर लिग क्लब रुपन्देहीले आइतबार विदेशी खेलाडीको रुपमा बाबर र राजालाई अनुबन्धित गरेको क्लबले विज्ञप्तीमार्फत उल्लेख गरेको छ । बाबर दायाँ हाते ब्याट्सम्यान हुन् । राजा बायाँ हाते ब्याट्सम्यान र स्पिनर हुन् ।

बाबरले हङकङका लागि २२ एकदिवसीय अन्तर्राष्ट्रिय र २४ टि–२० अन्तर्राष्ट्रिय खेल खेलीसकेका छन् । यस्तै राजाले लाहोरको लागि पाकिस्तानी घरेलु क्रिकेटमा ६९ प्रथम श्रेणी तथा ६२ लिस्ट ए क्रिकेट खेलीसकेका छन् । राजा गत सिजन बंगलादेश प्रिमियर लिगमा राजशाही किंग्स टिममा थिए ।
यही माघ २६ देखि फागुन ११ सम्म आयोजना धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुदैछ ।
रुपन्देही च्यालेन्जर्सको यो सिजन रणनीतिक खेलाडी बसन्त रेग्मी रहेका छन् । यस्तै टिममा विनोद भण्डारी, ललित भण्डारी, भिम सार्की, प्रदिप ऐरी, सन्दिप सुनार, बिक्रम सोब, कृष्ण कार्की, सुमित महर्जन, अनिल खरेल, पुरन बिक, सुरज दराई र शेर मल्ल रहेका छन् ।

रुपन्देही टिम मालिक सुरज उप्रेतीले अक्सनबाट पनि हामीले राम्रो खेलाडीहरु टिममा भित्र्याएका कारण टिमलाई अझ सन्तुलनमा ल्याउन बाबर र राजालाई अनुबन्ध गरेको बताए । उनले यसपटक उपाधि जित्ने लक्ष्यका साथ टिम तयार पारेको बताए ।

April 10, 2025

दिल्लीसँग आरसिबी पराजित

एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ ‌। के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]

April 10, 2025

आरसिबीको दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]

April 10, 2025

रुपन्देही र दाङ संयुक्त विजेता

सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]

Success

Thank you for your time.