default_image

6 years ago

January 26, 2019

ऐतिहासिक जितका ३ नायक

109 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – यूएईसँगको दोस्रो ओडीआई खेलमा नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको छ । जुन जित नेपालको लागि ओडीआईमा सर्वाधिक फराकिलो अन्तर हो । यो जितसँगै तीन ओडीआई श्रृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । अव निर्णायक तथा तेस्रो खेल आगमी सोमवार हुने छ ।

शनिबार आईसीसी एकेडेमी मैदानमा २ सय ४३ रनको लक्ष्य पक्ष्याएको घरेलु टोली यूएई १९.३ ओभरमा ९७ रनमा अल आउट भयो । त्यसअघि आईसीसी एकेडेमी मैदानमा टस जितेर ब्याटिङ थालेको नेपाल निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४२ रन बनाएको थियो । नेपालको फराकिलो कीर्तिमानी जितमा अन्य खेलाडीको तुलनामा आज यी तीन खेलाडीले सर्वोत्कृष्ट प्रर्दशन गरे ।

सोमपाल कामी

सोमपाल कामीले फराकिलो जित दिलाउन ओडीआईमा करिअरकै उत्कृष्ट प्रर्दशन गरे । सोमपाल ओडीआईमा नेपालबाट ५ विकेट लिने पहिलो बलर समेत बनेका छन् । टप अडर धराशायी गरेका सोमपालले १९ ओभरको तेस्रो बलमा जहुर खानलाई सन्दीपबाट क्याच गराउँदै जितमा खुसी मनाएका थिए ।

सोमपाल कामी

पहिलो ओभरको अन्तिम बलमा ओपनर चिराग सुरीलाई शूल्य र तेस्रो ओभरको पाँचौ बलमा गुलाम शब्बिरलाई २ रनमा आउट गर्दै नेपाललाई सुखद सूरुवात दिलाए । सोमपाल यतिकैमा रोकिएनन् । लगत्तै पाँचौ ओभरको अन्तिम बलमा शइमन अनवारलाई खाता खोल्न नदिई र सातौं ओभरको पहिलो बलमा अस्फाक अहमदलाई २० रनमा आउट गर्दै नेपालको जित सहज बनाए ।

सन्दीप लामिछाने

सोमपालले यूएईको ओपनिङ तहसनहस बनाउँदा सन्दीपले मध्यक्रमलाई धेरै समय क्रिजमा टिक्न दिएनन् । उनले १५ औं ओभरमा ३ विकेट लिएपछि नेपालको फराकिलो जित पक्कापकि बनेको थियो । १५ ओभरको दोस्रो बलमा रिजवानलाई १६, तेस्रो बलमा फहद नवाज र अन्तिम बलमा आमिर हायतलाई शून्यमा पेभिलिएन फर्काएपछि यूएई घरेलु मैदानमा फराकिलो हार नजिक पुगेको थियो । सन्दीप यतिकैमा रोकिएनन् । १९ औं ओभरको पाँचौ बलमा मोहम्मद उस्मानलाई २६ रनमा आउट गर्दै नेपालको जित पक्का गरे ।

रोहित कुमार पौडेल

नेपाललाई बलियो अवस्थामा पुर्याउन रोहित कुमार पौडेलले उत्कृष्ट अर्धशतक प्रहार गरे । जुन अर्धशतक रोहितको करियरकै पहिलो थियो । पहिलो खेलमा बेन्चमा बसेका रोहित आफू बेन्चमा नभएर मैदानको लागि योग्य रहेको पुन: प्रमाणित गरे । रोहित २९ औं ओभरमा कप्तान पारस २१ रनमा आउट हुँदा मैदान प्रवेश गरेका थिए । जुन समय नेपाल २९ ओभरमा ११३-५ को कमजोर अवस्थामा थियो ।

रोहितले आरिफसँग छैटौं विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई २०२/६ को बलियो अवस्थामा पुर्याए । अन्य ब्याट्समयान रन बनाउन धरमराई रहेको बेला रोहित भने खुलेर ब्याटिङ गरिरहे र यूएईका बलरलाई दवावमा राख्ने । ४७ औं ओभरको पहिलो बलमा ठूलो शट प्रहार गर्न खोज्दा क्याच आउट हुँन पुगेका थिए । क्याच आउट हुनु अघि ५८ बलमा ७ चौका प्रहार गर्दै महत्त्वपूर्ण ५५ रन बटुली नेपाललाई जितको बलियो आधार पक्का गरेका थिए ।

April 10, 2025

दिल्लीसँग आरसिबी पराजित

एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ ‌। के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]

April 10, 2025

आरसिबीको दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]

April 10, 2025

रुपन्देही र दाङ संयुक्त विजेता

सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]

Success

Thank you for your time.