default_image

6 years ago

January 26, 2019

‘५ विकेटभन्दा टोलीको जितमा खुसी छु’ – सोमपाल

105 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

यूएईविरुद्ध दोस्रो ओडीआईका म्यान अफ द म्याच घोषित सोमपाल कामीले व्यक्तिगत प्रदर्शनभन्दा टोलीको जितमा योगदान दिन पाउँदा खुसी लागेको बताएका छन् । उनले ५ विकेट लिएपछि नेपालले फराकिलो जित दर्ता गर्दै ३ खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ ।

जितपछि बोल्दै सोमपालले व्यक्तिगत सफलता भन्दापनि टोलीको जितमा योगदान दिन पाउँदा धेरै खुसी लागेको बताए । ‘५ विकेट लिनुभन्दा टोलीलाई जितसम्म पुर्याउन पाउँदा धेरै खुसी लाग्छ । पहिलो खेलमा पराजित भएपछि नराम्रो लागेको थियो । ओडीआई स्तरमा खेल्न केहि दबाब पनि थियो । आज जित दर्ता गरेपछि मनोबल बढेको छ,’ उनले भने ।

सोमपालले खेलको अवस्था अनुसार आफूले पाउने जिम्मेवारीलाई निभाउन सधैं तत्पर रहने बताए । ‘मलाई टोलीमा जुन भूमिका दिइएको छ । त्यसलाई मैले जिम्मवारीपुर्वक निर्वाह गर्ने हो । हिजो ब्याटिङको जिम्मेवारी पूरा गरें, आज बलिङमा प्रदर्शन गर्न सकें । तर हिजो खेल हिजो सकियो र आजको खेल पनि सकियो । अब अर्को खेल निकै महत्त्वपूर्ण छ त्यसैले हाम्रो ध्यान त्यसैतर्फ रहनेछ,’ उनले भने ।

सोमपालले रोहितकुमार पौडेलको ब्याटिङको प्रशंसा गर्दै उनीसँग मैदानबाहिर पनि राम्रो सम्बन्ध रहेको बताए ।

हेर्नुहोस् सोमपालसँग जितपछि गरिएको रोमांचक कुराकानी :

April 10, 2025

दिल्लीसँग आरसिबी पराजित

एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ ‌। के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]

April 10, 2025

आरसिबीको दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]

April 10, 2025

रुपन्देही र दाङ संयुक्त विजेता

सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]

Success

Thank you for your time.