6 years ago
January 26, 2019
सुबास हुमागाईं, दुबई
तीव्र गतिका बलर सोमपाल कामीले यूएईविरुद्धको दोस्रो ओडीआई खेलमा ५ विकेट लिएका छन् । उनको शानदार बलिङ प्रदर्शनसँगै नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको छ । यो जितसँगै तीन ओडीआई श्रृंखला १ -१ को बराबरीमा पुगेको छ ।
सोमपालले ५ विकेट र सन्दीपले ४ विकेट लिएपछि २ सय ४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली यूएई १९.३ ओभरमा ९७ रनमा अल आउट भयो । नेपालको फराकिलो जितमा सोमपाल कामीले ६.३ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर ५ विकेट लिए ।
सोमपालले पहिलो ओभरको अन्तिम बलमा ओपनर चिराग सुरीलाई शूल्यमा पेभिलिएन फर्काएका थिए । तेस्रो ओभरको पाँचौ बलमा सोमपालले नै गुलाम शब्बिरलाई आरिफ शेखबाट क्याच गराउँदै २ रनमा आउट गरे । लगत्तै पाँचौ ओभरको अन्तिम बलमा शइमन अनवारलाई खाता खोल्न नदिई एलबी डब्लू आउट गरे ।
सातौं ओभरको पहिलो बलमा अस्फाक अहमदलाई २० रनमा पेभिलिएनको बाटो देखाएपछि यूएई दबाबमा परेको थियो । सोमपालले दोस्रो स्पेल गर्दै २० औं ओभरको तेस्रो बलमा जहुर खानलाई आउट गरे । यो नै नेपालको लागि ओडीआई मा सर्वश्रेष्ठ बलिङ प्रदर्शन हो ।
April 10, 2025
एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ । के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]
April 10, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]