default_image

6 years ago

January 26, 2019

न्युजिल्यान्डमाथि भारतको सहज जित

88 views

0 Bookmark

एजेन्सी – न्युजिल्याडसँगको दोस्रो एक दिवसिय खेलमा पाहुँना टोली भारत ९० रनले विजयी भएको छ । शनिबार ३ सय २५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४०.२ ओभरमा २ सय ३४ रनमा समेटियो ।

टोलीका लागि तल्लो क्रमका डोग ब्रेसवेलले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५७ रन बनाए । कप्तान केन विलियम्सनले २०,कोलिन मुनरो ३१,मार्टिन गुप्टिल १५ र रोस टेलर २२ रन जोडे । त्यस्तै हेनरी निकोलस २८,टम लेथम ३४,लोकी फग्र्यूसन १२ र ट्रेन्ट बोल्टले १० रनको योगदान दिए ।

न्युजिल्यान्डलाई सस्तैमा समेट्न भारतका युवा स्पिनर कुलदिप यादवले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै युजवेन्द्र चाहल र भुवनेश्वर कुमारले समान दुई विकेट लिदा मोहम्मद शामी र केधार जाधवको नाममा पनि एक(एक विकेट रह्यो ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय २४ रन बनायो । भारतलाई विशाल योगफल तयार पार्न ओपनर रोहित शर्मा र शिखर धवनले २६ ओभरभित्र १ सय ५४ रनको शतकीय साझेदारी गरेका थिए ।

रोहितले ९६ बलमा ९ चौका र ३ छक्का प्रहर गर्दै ८७ रन बनाए । त्यस्तै शिखर धवनले ६७ बलमा ९ चौकाको सहयोगमा ६६ रन बटुले । कप्तान विराट कोहली ४३,आम्बती रायडू ४७ रनमा आउट हुँदा महेन्द्रसिंह धोनी ४८ र केधार जाधवले २२ रनमा अविजित रहे ।

न्युजिलयान्डका लागि लोकी फग्र्यूसन र ट्रेन्ट बोल्टले समान दुई विकेट लिए । योसँगै पाँच वान डे को सिरीजतमा भारतले २(० को अग्रता लिएको छ । पहिलो खेलमा भारत ८ विकेटले विजयी भएको थियो । तेसो खेल सोमबार हुनेछ ।

March 17, 2025

बोसविरुद्ध पिसिबीको कानुनी नोटिस

एजेन्सी – दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोसले इण्डियन प्रिमियर लिग(आईपीएल) २०२५ खेल्न कानुनी बाधा आइपरेको छ । बोस आइपिएलमा मुम्बई इन्डियन्समा अनुबन्ध भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनीविरुद्ध कानुनी नोटिस जारी गरेको हो । बोसलाई पेशावर जाल्मीले जनवरीमा भएको पाकिस्तान सुपर लिग(पीएसएल)को ड्राफ्टमा डायमन्ड विधामा छनोट गरेका थिए । तर, मार्च ८ मा मुम्बई […]

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

Success

Thank you for your time.