default_image

6 years ago

January 26, 2019

नेपालको राम्रो सुरुवात, अर्धशतकबाट चुके ज्ञानेन्द्र

78 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

यूएईविरुद्ध जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले राम्रो सुरुवात पाएको छ । ओपनर ज्ञानेन्द्र मल्ल अर्धशतकबाट ६ रनले चुक्दा नेपालले पछिल्लो खेलको तुलनामा राम्रो योगफल खडा गर्ने देखिएको छ । नेपाल २३ ओभरमा ८८-३ को सुदृढ स्थितिमा छ ।

रन लिने क्रममा विनोद भण्डारी र ज्ञानेन्द्र मल्ल

विनोद भण्डारी र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ६१ रन जोडे । पहिलो विकेटका रुपमा १६ औं ओभरमा कट बिहाइन्ड हुनुअघि विनोदले ४६ बलमा २ चौकाको मदतले २१ रन जोडे । निकै लयमा खेलिरहेका अर्का ओपनर ज्ञानेन्द्र पनि ४४ रनमा पेभेलियन फर्किए । लामो सट प्रहार गर्ने धुनमा ज्ञानेन्द्र जहुर खानको बलिङमा मिड अन क्षेत्रमा समातिए । उनले ६१ बलमा ४ चौका प्रहार गरे ।

चौथो नम्बरमा आएका दिपेन्द्रसिंह ऐरी अस्फाक अहमदको बलमा एलबीडब्लु आउट भए । उनले १२ बलमा २ चौकासहित १० रन जोडे । अहिले क्रिजमा कप्तान पारस खड्का ७ रन र पवन सर्राफ १ रनमा खेलिरहेका छन् ।

ज्ञानेन्द्र मल्ल
आउट भएपछि ज्ञानेन्द्र मल्ल

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

March 17, 2025

सुदूरपश्चिमविरुद्ध पुलिसको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]

March 17, 2025

आर्मीविरुद्ध एपिएफको सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]

Success

Thank you for your time.