default_image

6 years ago

January 26, 2019

दोस्रो खेलमा नेपालको ब्याटिङ सुधारिने आसा !

121 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको दोस्रो ओडीआई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे आईसीसी एकेडेमी ओभल ग्राउण्ड दुबई सुरु हुनेछ ।

तीन ओडीआईको श्रृंखलामा घरेलु टोली यूएईले १ – ० को अग्रता लिएको छ । पहिलो खेलमा शुक्रबार नेपाल ३ विकेटले पराजित भएको थियो । खराब ब्याटिङको कारण पहिलो खेल गुमाएको नेपालले सिरीज जित्ने आसा कायमै राख्न आजको खेल जित्नुपर्छ । अन्यथा नेपालले एक खेल अगावै सिरीज गुमाउने छ ।

फेरि ब्याटिङकै चिन्ता

पहिलो खेलको नतिजा अनुसार नेपाली टोलीलाई परम्परागत रोगले पुन सताएको छ । यस पटक युवा खेलाडीले भरिएको नेपालको ब्याटिङमा निकै सुधार हुने आसा गरिएको थियो । तर पहिलो खेलमा त्यसो हुन सकेन । दोस्रो र तेस्रो खेल हेर्न बाँकी छ । पहिलो खेल नेपालले हार्नुको मुख्य कारण कमजोर ब्याटिङ नै थियो । यो हार मात्र होइन नेपालले हार्ने अधिकांश खेलमा कमजोर ब्याटिङ नै कारक हुने गर्दछ ।

शुक्रबार प्रमुख ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल डक आउट हुँदा विनोद भण्डारी ५ रनमा आउट भएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले पनि खाता खोल्न नसक्दा कप्तान पारस खड्काले २० रन जोड्न सकेका थिए । आरिफ शेखले २५ रन जोड्न सके । आजको खेलमा शिर्ष ब्याट्सम्यानले जिम्मेवारीका साथ ब्याटिङ गर्नुपर्छ र आसा पनि त्यहि गरिएको छ ।

पहिलो खेलको गल्ति गर्नु दोहोराउनु हुँदैन । पहिलो खेलमा नेपाली ब्याट्सम्यान आउट हुनुको मुख्य कारण गलत सट नै थियो । कुन समय कुन सट प्रहार गर्ने भन्ने खेलाडी मानिसक रुपमा तयार हुन आवश्यक छ । त्यस्तै ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पनि लामो इनिङ खेल्ल आवश्यक छ । यी दुबै खेलाडीले पछिल्लो समय खराब प्रर्दशनको कारण चर्को अालोचना खेपि रहेका छन् ।

ब्याटिङमा परिवर्तनको आसा

नेपालले आज तीन स्पिनर मैदान उतारेर पुन गल्ति गर्ने छैन र गर्नु पनि हुँदैन । ओभल क्रिकेट ग्राउण्डको पिचले स्पिनर भन्दा पनि पेस बलरलाई बढि सहयोग दिएको थियो । नेपालले पहिलो खेलमा तीन स्पिनर वसन्त रेग्मि, ललित नारायण राजवंशी र सन्दीप लामिछानेलाई मैदान उतारेको थियो । जस्मा सन्दीपले २ विकेट लिदा अन्यको नाममा विकेट हुन सकेन । ललितले डेब्यूमै बलिङ गर्न पाएनन् भने विरामी वसन्तले १ ओभर मात्र बलिङ गरेका थिए ।

यी तीन स्पिनरलाई छाड्दा पारस, दिपेन्द्र, आरिफ र पनि पार्ट टाइम बलर भएकोले नेपालले दुई भन्दा बढि स्पिरन खेलाउनु हुदैन । वसन्त यूएई गदेखीनै ज्वोरोको कारण विरामी हुँदा पहिलो खेलमा नेखेल्ने आँकलन गरिएको थियो । तर वसन्तको नाम प्लेइङ ११ मा परेको थियो र केहि समय सबै आश्चर्यमा परेका थिए ।

स्पिनर ललित र वसन्त मध्य एकलाई खेलाउँदा अर्कोमा युवा ब्याट्सम्यान भिम सार्कीले आज डेब्यू गर्ने आसा गरिएको छ । मिडिल अडर र दवावमा घरेलु लिगमा भिम सार्कीले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । त्यस्तै रोहित कुमार पौडेलले पनि आज खेल्न सक्ने सम्भावना छ । रोहित दवावमा खेल्न सिपालु छन् । पहिलो खेलमा नेपाललाई पराजित गरेको यूएई पनि बलियो मनोबलका साथ मैदान प्रवेश गर्ने छ ।

नेपाली टोली : पारस खड्का (कप्तान),अभिनाश बोहोरा,वसन्त रेग्मी,विनोद भण्डारी,दिपेन्द्रसिंह ऐरी,ज्ञानेन्द्र मल्ल,करण केसी,ललित नारायण राजवंशी, आरिफ शेख,पवन सर्राफ,प्रदिप ऐरी,रोहित कुमार पौडेल,सन्दिप लामिछाने,सोमपाल कामी,सन्दिप जोरा,भिम सार्की ।

यूएई टोली – मोहम्मद नाविद(कप्तान),मोहम्मद उस्मान,चिराग सुरी,अशफाक अहमद,मोहम्मद बुटा,शाइमन अनवर,गुलाम शब्बर,इमरान हैदर,ताहिर मुगल,अमिर हयात,जाहूर खान,कदीरअहमद,फहद नवाज,अब्दुल शकूर,सुल्तान अहमद,सी।पी।रिजवान ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.