9 years ago
April 17, 2016
काठमाडौं
यसै बर्ष यू १९ विश्वकप क्रिकेट खेलका राजु रिजाल र स्पिनर सन्दिप लामिछानेले शनिबार विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियासँग खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन् । नियमित विकेट किपर सुवास खकुरेल चोटग्रस्त भएपछि त्यो भूमिका समेत पाएका राजुको पहिलो खेल सन्तोषजनक रहन सकेन ।
सन्दीपको प्रदर्शन भने प्रशंसायोग्य रह्यो । १० ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडनका साथ ३७ रन दिएर १ विकेट लिए । यू–१९ विश्वकपमा ह्याट्रिक सहित १४ विकेट लिएर उनी चर्चामा आएका थिए । सन्दीपको प्रदर्शनबाट कप्तान पारस खड्का सन्तुष्ट देखिए । ‘ सिनियरको भन्दा उनको बलिङ कमजोर थिएन, पारसले भने,‘आशा गरौं भविष्यमा अझै राम्रो गर्न सक्छन् ।’
पहिलो पटक सिनियर टोलीको मुख्य प्रशिक्षक बनेका जगत टमाटाले राजुले पहिलो खेलमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेपनि विस्तारै निखारिदै जानेमा विश्वास व्यक्त गरे । उनले भने ‘यत्ति धेरै दर्शकमाझ पहिलो पटक खेल्दा केही नर्भस भए होलान् । तर उनीले राम्रो गर्न सक्छन् । ’ नामिबियाका दुई खेलाडीलाई स्टम्पिङ गरेका राजुले ११ बलमा ६ रन बनाएका थिए ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]