default_image

6 years ago

January 25, 2019

विनोद, ललित र पवन ओडीआई डेब्यु गर्दै !

98 views

0 Bookmark

सुबास हुमागाईं, दुवई

नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा विष्फोटक ब्याट्सम्यान विनोद भण्डारी, स्पिनर ललित नारायण राजवंशी र अलराउण्डर पवन सर्राफलाई ओडीआई डेब्यु दिने भएको छ । विनोदले टोलीमा विकेटकिपरको भूमिका पनि निर्वाह गर्नेछन् । यूएई टस जितेर फिल्डिङ गर्दैछ ‌।

यसअघी नेपालले खेलेको तीन ओडीआई खेलमध्ये दुई खेलमा सुवास खकुरेल र एकमा अनिल साहले सो जिम्मेवारी वहन गरेका थिए । यी दुवै खेलाडी यसपटक सिरिजको लागि घोषित प्रारम्भिक टोलीमा अटाएनन् । विनोदले ज्ञानेन्द्र मल्लसँग मिलेर नेपालको लागि ओपनिङ गर्नेछन् ।

यस्तै युवा अलराउण्डर पवन सर्राफ र स्पिनर ललित नारायण राजवंशीले पनि डेब्यु गर्ने भएका छन् । उमेर समूहको राष्ट्रिय टोलीमा प्रभावशाली प्रदर्शन गर्दै अाएका पवन र ललित पछिल्लो समय घरेलु प्रतियोगितामा पनि लयमा रहेका थिए ।

यूएईविरुद्ध पहिलो ओडीआईको लागि नेपाली टोली :
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, वसन्त रेग्मी

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.