default_image

10 years ago

August 30, 2015

तेस्रो खेलमा आयोजक मलेसिया विरुद्ध भिड्दै नेपाल

161 views

0 Bookmark

काठमाडौं/ एसिसि यू–१९ प्रिमियरका लागि मलेसियामा रहेको नेपालले सोमबार प्रतियोगितामा आफ्नो तेस्रो खेल आयोजक मलेसिया विरुद्ध खेल्दै छ । दुई खेलमा एक जित र एक हारका साथमा प्रतियोगिताको तेस्रो स्थानमा रहेको नेपालका लागि मलेसिया विरुद्धको खेल निकै महत्वपुर्ण हुने छ ।

तेस्रो खेलमा आयोजक मलेसिया विरुद्ध भिड्दै नेपाल

तेस्रो खेलमा आयोजक मलेसिया विरुद्ध भिड्दै नेपाल

 

प्रतियोगितामा आयोजक मलेसियाले दुई मध्ये दुबै खेलमा जित निकाल्दै अफगानिस्तान समान ४ अंकका साथ तालीकाको दोस्रो स्थानमा रहको छ । यद्धपि अफगानिस्तान नेपालमाथीको प्रभावसाली जितपछि नेट रनरेटमा मलेसिया भन्दा अगाडि रहेकाले शिर्ष स्थानमा रहेको छ ।
मलेसियाले प्रतियोगितामा तुलनात्मक रुपमा कमजोर मानिएका साउदी अरेविया र कुवेतलाई फराकिलो अन्तरले पराजित गरेका कारण उच्च मनोवलका साथमा नेपाल विरुद्ध मैदानमा उत्रंदै छ । यस्तोमा शिर्ष ३ मा रहंदै उपाधि सम्मको यात्रा तय गर्नका लागि पनि मलेसियालाई हराउनु पर्ने चुनौति हुने छ ।
नेपालले आफ्नो पहिलो खेलमा युएइलाई पराजित गरेपनि दोस्रो खेलमा अफगानिस्तानसंग फराकिाले हार ब्योहोर्‍यो । प्रतियोगिताको उपाधि दाबेदार अफगानिस्तानले नेपाललाई १० विकेटले पराजित गरेपछि नेपाल आफुलाई प्रतियोगिताको दाबेदारका रुपमा स्थापित गराउनपनि मलेसियालाई पराजित गर्नु पर्ने अवस्थामा हुने छ । मलेसिया पछि नेपालले प्रतियोगितामा साउदी कुवेत र अरेवियाको सामना गर्ने छ ।
प्रतियोगितालाई युवा विश्वकप छनोटको आधारका रुपमा हेरीएको छ । जारी प्रतियोगिताको शिर्ष ३ स्थानमा रहने टिमले १४ देखि २३ अक्टोबरसम्म मलेसियामानै हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.