default_image

9 years ago

April 16, 2016

नामिवियाबिरुद नेपाल ५ विकेटले बिजयी

110 views

0 Bookmark

आज क्रीतिपुर स्तिथ त्रीभुवन अन्त राष्ट्रिय क्रीकेट मैदानमा भएको खेलमा नेपालले नामिवियालाई ५ विकेटले पराजित गरेको छ । नेपालले टस जित्दै बलिङ रोज्दा १९६ रनको लक्ष्य पाएको थियो । 

khusi

नेपालले आजको खेलमा दुई नयाँ अनुहारलाई मौका दिएको थियो र दुबै खेलाडी राजु रिजाल र सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्न सफल भए । राजुले ब्याटबाट कमाल गर्न नसके पनि उत्कृष्ट विकेट किपिङ गरेका थिए । सन्दिपले १० ओभर बलिङ गर्दै ३८रन दिदै १ विकेट लिन सफल भए ।

पहिले ब्याटिङ गरेको नमिवियाको लागि आठ खेलाडिले दोहोरो अंकको रन बनाएपनी ठुलो पारी कसैले खेल्न सकेनन । नमिवियाका आठ नम्बरका ब्याटस्म्यान बर्गरले सर्वाधिक ३८रन बनाएका थिए । नेपालको लागि बसन्त रेग्मीले ३, सोमपाल कामीले २, पारस खड्का र सन्दीप लामिछानेले १–१ विकेट लिएका थिए । नेपालले पचास ओभरमा जम्मा दुई अतरिक्त रन दिएको थियो । पचास ओभर खेल्दै नमिवियाले ९ विकेट गुमाउदै १९६ बनायो ।

१९७ रन को लक्ष्य लिएर मैदानमा उत्रीएको नेपालको लागि सुरुवाती ब्याट्स्म्यान ज्ञानेन्द्र मल्ल र नरेश बुडाएरले राम्रो पाट्नरशिप गरे । नेपालले उक्त लक्ष्य ५ विकेट गुमाउदै १७ बल अगावै पुरा गर्‍यो । नेपालको लागि शरद भेस्वाकरले अन्तिम बल मा चौका प्रहार गर्दै आफ्नो अर्धसतक र जित सुनिस्चित गरे ।

दाेस्राे खेल अब साेमबार हुनेछ । उक्त खेलमा जित हात पारे नेपालकाे छनाेट हुने सम्भावना बलियाे हुनेछ ।

March 8, 2025

अर्किडलाई भरतपुर मेयर्स कप क्रिकेटको उपाधि

चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । अर्किडको […]

March 8, 2025

इन्डो- नेपाल टि ट्वान्टी क्रिकेट- थन्डर सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]

March 8, 2025

नेपाल नामिबियासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]

Success

Thank you for your time.