default_image

6 years ago

January 24, 2019

‘युवा खेलाडी सक्षम छन्’ – उपकप्तान ज्ञानेन्द्र

145 views

0 Bookmark

सुबास हुमागाईं, दुवई

नेपालले शुक्रबार यूएईविरुद्ध ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ । उक्त खेलको पूर्वसन्ध्यामा बोल्दै टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले टोलीमा युवा खेलाडी भएपनि सबैले सक्षम भएर नै अवसर पाएको बताए ।

पछिल्लो समय नेपाली टोलीमा युवा खेलाडीले स्थान बनाउँदै आएका छन् । यसपटक टोलीमा चार नयाँ अनुहार समावेश गरिएको छ । उपकप्तान ज्ञानेन्द्रका अनुसार सबै खेलाडी सक्षम छन् र अवसर पाएको खण्डमा प्रदर्शन गर्न सक्छन् । ‘ उमेरले युवा भएपनि उनीहरु यो स्तरमा खेल्न सक्षम छन् । टोलीमा परेका छन् र अब पाएको अवसरलाई सदुपयोग गर्नुपर्छ । अहिले अनुभव बटुलेर भविष्यमा पनि आफ्नो स्थान पक्का गर्न नयाँ खेलाडीहरुलाई अवसर छ,’ उनले थपे ।

मध्यक्रममा नेपालले निकै भर गरेका ब्याट्सम्यान शरद भेषावकर चोटका कारण टोलीमा छैनन् । उपकप्तान मल्लका अनुसार शरदको कमी महसुस हुन नदिन टोलीमा युवा खेलाडीहरु तयार रहेको बताउँछन् । ‘पक्कैपनि शरदको कमी महसुस हुन्छ । उनको अनुभवमात्र नभएर खेल फिनिस गर्ने आशा पनि राखेका हुन्छौं । अब सक्षम उनीहरु सक्षम भएर यहाँसम्म आएको हो, अहिले अनुभव बटुल्ने अवसर छ,’ उनले थपे, ‘ नयाँ खेलाडीले नियमित रुपमा नखेल्दा सिधै प्रदर्शन अपेक्षा गर्न गाह्रो हुन्छ । तर जस्तो क्षमता देखेका छौं, प्रदर्शन राम्रो हुनेमा आशावादी छौं । ‘

मल्लले सिरिजका लागि टोलीको तयारी राम्रो रहेको बताए । ‘ पछिल्लो समय लगभग सबै खेलाडी लगातार प्रतियोगिता खेलेको कारण खेलाडी लयमा छन् । अब एकतृत भएर अगाडी बढ्न तत्पर छौं, ‘ मल्लले भने, ‘टोलीमा केहि परिवर्तन भएको छ । कस्तो समीकरण बनाउने हो त्यसमा केहि काम गर्न बाँकी छ । अहिले भविष्यलाई ध्यानमा राख्दै टोली निर्माणमा लागेका छौं ।’

पछिल्लो समय मल्ल ओपनरको भूमिकामा देखिएका छन् । करिअरको अधिकांश समय मध्यक्रममा बिताएका मल्ल अहिले नियमित ओपनर नै रहँदै आएका छन् । उनले जुन भूमिका दिएपनि त्यसमा पुरै तत्पर भएर लाग्ने बताए । ‘जुन भूमिका दिएपनि आफ्नो जिम्मेवारी निर्वाह गर्न तत्पर छु । ओपनरका रुपमा विकेटमा समय लिने र अन्य खेलाडीसँग समन्वय गर्ने लक्ष्य राखेको छु । जुन भूमिकामा खेलेपनि टोलीको आवश्यकता अनुसार खेल्ने हो,’ उनले भने, ‘अहिले ओपनरको रुपमा राम्रो सुरुवात दिने सोच छ । विगत र भविष्य भन्दापनि खेलको स्थिति हेरेर नतिजामुखी प्रदर्शन दिने हो ।’

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.