6 years ago
January 24, 2019
सुबास हुमागाईं, दुवई
नेपालले यूएईविरुद्ध खेल्ने ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज अन्तर्गत पहिलो खेल शुक्रबार खेल्दैछ । खेलको पूर्वसन्ध्यामा कप्तान पारस खड्काले टोलीको अवस्थाबारे विस्तृत जानकारी दिएका छन् ।
कप्तान खड्काले टोलीको ओपनिङ समस्यालाई सुधार्न आफ्नो नाम विकल्पको रुपमा चर्चा चलेपनि त्यसो नहुने संकेत दिएका छन् । ‘पछिल्लो समय वान डे मा तेस्रो नम्बरमा ब्याटिङ्ग गर्दै आएको छु । ओपन गर्नु र तेस्रो नम्बरमा ब्याटिङ गर्नु भनेको एक बलको फरक हो । यसै पनि सुरुवातमा विकेट खस्नेबितिकै मैले ब्याटिङ गर्दै आएको छु,’ उनले भने ।
कप्तान खड्काले जुन स्थानमा ब्याटिङ गरेपनि टोलीको जितमा योगदान पुर्याउनु महत्त्वपूर्ण भएको बताए । ‘जुन स्थानमा ब्याटिङ गरेपनि टोलीको लागि रन बटुल्नु मुख्य पाटो हो । रन बटुलेर मात्र हुँदैन्, त्यस रनले टोलीले जित्नुपर्छ पनि । कसरि टोलीको जितमा योगदान गर्नुपर्छ भन्ने महत्त्वपूर्ण हुन्छ,’ उनले थपे ।
कप्तान खड्काले यूएईविरुद्धको सिरिजमा खेलाडी छनोटबारे भने पहिलो खेलको प्रदर्शनले अन्य खेलको स्थितिबारे आँकलन गर्न सकिने बताए । ‘ टोलीमा निकै प्रतिस्पर्धा छ । कतिपय अवस्थामा धेरै विकल्प हुँदा पनि समस्या हुन्छ । सुरुवातमा हामी आफ्नो बलियो टोली उतार्नेछौं । त्यसपछि केहि प्रयोग गर्न सकिन्छ भन्ने हेर्ने हो,’ उनले भने । उनले टोलीमा रहेका सबै खेलाडीलाई खेलको मागअनुसार अवसर दिइने पनि बताए ।
नेपालले आगामी वर्षमा हुने कार्यक्रमलाई ध्यान दिएर अहिलेको टोलीलाई विकास गर्ने पनि कप्तान खड्काले बताए । ‘हाम्रो अहिलेको लक्ष्य भनेको अवसर दिने र हाम्रो टोली बलियो पार्ने हो । हामीले आगामी ४ वर्ष टेस्ट राष्ट्रसँग टक्कर दिने टोली तयार गर्ने लक्ष्य लिएका छौं । त्यसका लागि कम्तिमा २० देखि २५ खेलाडी टोलीमा पर्न दावेदारी दिने अवस्थामा हुनुपर्छ,’ उनले भने ।
नियमित कप्तान रोहन मुस्तफाको अनुपस्थितिमा मोहमद नविदले कप्तानी सम्हालेपनि त्यसले खासै फरक नपर्ने कप्तान खड्काले बताए । उनले घरेलु प्रतियोगितामा ५० ओभर नखेलेपनि आफूलाई तयार पार्न सकेको खण्डमा जुनसुकै अवस्थामा पनि प्रदर्शन गर्न सकिने अभिव्यक्ति दिए ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]