default_image

6 years ago

January 24, 2019

परम्परागत ब्याटिङ समस्या सुधार्न नयाँ युगलाई अवसर

72 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोली यूएईसँग समान तीन ओडीआई र टि ट्वान्टीको लागि मंगलबार दुवई पुगि सकेको छ । १६ सदस्य टोलीमा अधिकांश खेलाडी युवा छन् । पारस खड्का, वसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी बाहेक सबै खेलाडी उमेरले युवा हुन् ।

आरिफ शेख, दिपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडेल (बायाँबाट)

समग्रमा भन्नुपर्दा युवा पुस्तामा नेपाली क्रिकेट हस्तान्तरण भइसकेको छ । कप्तान पारस टोली अहिले नभएर एक वर्ष अघिनै युवा खेलाडीमा हस्तान्तरण भएको बताउँछन् । अन्तर्राष्ट्रिय क्रिकेटमा यात्रा अघि बढेको २२ वर्षको अवधिमा नेपालले डिभिजन ५, ४ र ३ को उपाधिसँगै टी–२० विश्वकप २०१४ हुँदै गतवर्ष मार्चमा चार वर्षको लागि वान डे मान्यता पाएको थियो ।

नेपालले वान डे मान्यता पाएको नेपाल अहिले सदुपयोगको दौडमा छ । २२ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अवधिमा नेपालले थुप्रै ठूला अवसर पनि गुमाएको छ । गुमाएका अधिकांश अवसरका मुख्य कारण कमजोर ब्याटिङ नै रहेको छ । बलिङ भने परम्परागत रूपमा नेपालको बलियो पकाउने रुपमा स्थापित रहेको छ । सधै ब्याटिङकै कारण निराश हुने नेपाली क्रिकेट र फ्यानलाई पछिल्लो समय युवा खेलाडीले नयाँ उर्जा दिएका छन् ।

अब नेपाली ब्याटिङ पारस, शरद र ज्ञानेन्द्र मात्र नभएर युवा खेलाडीमा पनि भर पर्न सक्ने बनेको छ । जुन कुरा पछिल्लो समय युवा खेलाडीले घरेलु प्रतियोगिता, उमेर समुह र केहि खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा देखाएका छन् । पछिललो समय नेपाली क्रिकेटमा थुप्रै युवा खेलाडीको उदय भएको छ । पछिल्लो समय पारस, ज्ञानेन्द्र र शरद क्रिजमा नहुँदा पनि दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेललगायतले रन जोड्ने जिम्मेवारी वहन गर्दै अाएका छन् ।

गतवर्ष एकदिवसिय विश्वकप छनोटमा हङकङसँग गर वा मरको खेलमा शीर्ष ब्याट्सम्यान पारस ११‌ र ज्ञानेन्द्र १२ रनमा आउट हुँदा रोहितले ४८ रन बनाउँदै नेपाललाई १ सय ५४ रनको लक्ष्यसम्म पुर्याएका थिए । त्यस्तै विश्वकप छनोटमै पप्पुवा न्युगिनिसँग १ सय १५ रनको लक्ष्याउने क्रममा पारस २० र ज्ञानेन्द्र १ रन मा आउट भए । तर दिपेन्द्रले नटअाउट ५० रन बनाउँदै खेल जिताएका थिए । जुन जितसँगै नेपालले चार वर्षको लागि वान डे मान्यता पक्का गरेको थियो ।

दिपेन्द्र ईपीएलमा र पिपिएल साथै वान डे खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान हुन् । त्यस्तै आरिफ शेखले पनि डिभिजन टुमा थुप्रै पटक नेपाली टोलीलाई जितसम्म डोर्याएका छन् ।

युवामाथि विश्वास र मौका

यसपटक यूएई टुरका लागि चार नयाँ खेलाडीले टिममा मौका पाएका छन् । जसमा भिम सार्की र सन्दीप जोरा मध्यक्रम भरपर्दा ब्याट्सम्यान हुन् । पवन सराफ अब्बल अलराउडर तथा अभिनास बोहरा तीव्र गतिका बलर हुन् । बोेहोरालाई छाड्दा अन्य तीनै खेलाडीले घरेलु र उमेर समुहमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । घरेलु लिगमा गरेको प्रर्दशनले नै चारै खेलाडीले राष्ट्रिय टिममा स्थान पाएका हुन् । प्रशिक्षक जगत टमटाका अनुसार भिमले ओडीआईमा मध्यक्रम सम्हाल्ने छन् ।

पवन सर्राफ

मध्यक्रममा भिम, दिपेन्द्र, रोहित र आरिफमाथिको विश्वासलेनै पारस यस पटक ओपनिङ ब्याटिङ गर्दै छन् । सन्दीप जोराले टी–२० मा फिनिसरको रोल निभाउने छन् । त्यसैले विनोदले टी–२० ओपनिङ गर्ने उच्च संभावना छ । फ्रेन्चाइज घरेलु लिग र उमेर समुहमा जोराको प्रर्दशन लोभ लाग्दो छ । पवन सराफ नेपाली क्रिकेटमा उदयमान युवा अलराण्डर हुन् । पवन ओडीआई र टी २० दुबैमा प्रयोग हुन सक्छन् । स्पिनर बलिङ गर्ने पवनले ब्याटिङ रोल भने निश्चित छैन । घरेलु लिगमा फिनिसर र ओपनर दुवैमा प्रयोग भएका छन् । त्यसैले ब्याटिङमा जुन रोल पनि पाउन सक्छन् ।

प्रशिक्षक टमाटा सन्दीप र भिम नेपालकै उत्कृष्ट फिल्डर रहेको बताउँछन् । आरिफ र रोहितले यस अघिनै राष्ट्रिय टिमको जर्सि लगाउदै डिभिजन टु र एक दिवसिय विश्वकपमा राम्रो छाप छाडेका थिए ।

टिम बाहिर पनि ठूलो आशा

घरेलु लिग र उमेर समुहमा राम्रो प्रर्दशन गर्ने सबै खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउन सक्दैनन् । तर ती खेलाडीको प्रर्दशन हेरेर चाँडै राष्ट्रिय टिममा डेब्यू र पुनरागमन गर्ने अनुमान गर्न सकिन्छ । त्यसमध्य अहिले ब्याटिङमा टिम बाहिर रहेका कुशल मल्ल, सुनिल धमला, हरि शंकर शाह, हरि चौहान, अनिल कुमार शाह, आशिफ शेख, सौरभ खनाल, कुशल भुर्तेल लगाएत थुप्रै खेलाडीले ठूलो आसा देखाएका छन् ।

अनिल शाह

बलिङ नेपालको बलियो पक्ष हो । एसोसियट राष्ट्र भएपनि नेपालको बलिङ अहिले टेस्ट राष्ट्रलाई टक्कर दिने गर्दछ । पछिल्लो समय अन्तर्राष्ट्रिय लिगमा सन्दीपको उदयले चर्चा पनि बटुलेको छ । बलिङमा टिम बाहिर सागर ढकाल, साहव आलम, सुशन भारी, राशिद खान, भुवन कार्की लगताएका थुप्रै खेलाडी पनि राष्ट्रिय टिमको जर्सी पहिरिन आतुर छन् ।

युवा खेलाडीले थपेको उर्जा र चुनौती

नेपाली क्रिकेटमा पछिल्लो समय प्रतिस्पर्धा अत्याधिक रुपमा बढ्दै गएको छ । जसमा कप्तान पारसले पनि बेला बेलमा यस प्रतिस्पर्धाले नेपाली क्रिकेटले नयाँ उचाई लिने भन्दै खुसी व्यक्त गर्दै अाएका छन् । नेपाली क्रिकेटमा बढेको प्रतिस्पर्धा र दिन प्रतिदिन देखा परेका युवा प्रतिभा एकै बर्ष तयार भएका भने होइनन् । यसमा लामो समय खर्चनु परेको छ ।

चर्चित तीन घरेलु लिग ईपीएल, डिपिएल र पिपिएल तथा विभिन्न क्रिकेट एकेडेमी नै नेपालले हात पारिरहेको अन्तर्राष्ट्रिय सफलताको प्रतिफल हो भन्दा कुनै फरक नपर्ला । अब क्यान नभएको अवस्थामा युवा खेलाडी कति सम्म सदुपयोग गर्न सकिन्छ भन्ने अहिले नेपाली क्रिकेटमा ठूलो चिन्ताको विषय पनि हो । सन्दीप र दिपेन्द्र जस्तै थुप्रै प्रतिभा छन् । तर ती प्रतिभा राष्ट्रिय टिम सम्म कसरी ल्याउने भन्ने प्रश्न पनि उठ्ने गर्दछ ।

दुई वर्षअघि डिभिजन टु मा अड्कीएर बसेको नेपाली टोलीले पछिल्लो एक वर्षमा वान डे मान्यता पाएको छ । जुन मान्यता पाउन युवा खेलाडीको प्रर्दशन महत्वपूर्ण रहेको छ । चार वर्षको लागि पाएको वान डे मान्यताले नेपाली क्रिकेटको भविष्य कोर्ने छ । यसको सदुपयोग सहि तरिकाले गर्न सके र घरेलु संरचना परिवर्तन गरे साँच्चै नेपालले १०-१५ वर्षभित्र टेस्ट राष्ट्रको मान्यता प्राप्त गर्ने सपना सजिलै साकार हुनसक्छ ।

नेपाली क्रिकेटको अबको लक्ष्य टेस्ट राष्ट्र्रको मान्यता पाउनु नै हो । चार वर्षको अवधिमा नेपालले युवा खेलाडी पूर्ण रुपमा तयार गर्न सक्नुपर्छ । खेलाडी तयार पार्ने नेपालको लागि सबै भन्दा राम्रो समय पनि यहि हो । चार वर्षपछि नेपालले पुन: वान डे मान्यता पाउन संघर्ष होइन सजिलै विश्वकप खेल्न सक्नुपर्छ । त्यसो हुन सके साँच्चै नेपालले पाएको वान डे मान्यता विश्व क्रिकेटमै एक उदाहरणीय बन्ने छ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.