6 years ago
January 23, 2019
नेपियर (एजेन्सी) – भारतले पहिलो वान डे न्युजिल्यान्डसँगलाई ८ विकेटले हराएको छ । १ सय ५६ रनको सामान्य लक्ष्य पछ्याएको भारतले भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको हो ।
खराब मौसमका कारण केहि समय खेल रोकिँदा १ ओभर घटाइएको खेलमा १ सय ५८ रनको लक्ष्य १ सय ५६ मा झारिएको थियो । भारतको जितमा ओपनर शिखर धवन १ सय ३ बलमा ६ चौकासहित ७५ रनमा अविजित रहे ।
कप्तान विराट कोहलीले ५९ बलमा ३ चौका प्रहार गर्दै ४५ रन जोडे । रोहित शर्मा ११ र आम्बाती रायडू १३ रनमा अविजित रहे । घरेलु टोलीका डोग ब्रेसवेल र लोकी फग्र्यूसनले समान १ विकेट लिए ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्ड ३८ ओभरमा अल आउट हुँदै १ सय ५७ रनमा समेटियो । कप्तान केन विलियम्सनले ८१ बलमा ७ चौकासहित ६४ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन सकेनन् । रोस टेलर २४,मिचेल सेन्टनर १४,हेनरी निकोलस १२ र टम लेथमले ११ रन जोडे ।
भारतका लागि युवा स्पिनर कुलदिप यादवले १० ओभरमा १ मेडन सहित ३९ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामीले ३,युजवेन्द्र चाहाल २ र केदार जाधवले १ विकेट लिए । जितसँगै भारतले पाँच वान डे श्रृंखलामा १– ० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]