6 years ago
January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र महत्वपूर्ण सदस्य शरद भेषवाकर रुस्लानको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । पारस पहिलो पटक रुस्लानको ब्रान्ड एम्बेसडर बनेका हुन् भने ज्ञानेन्द्र र शरद केहि वर्षयतिा रुस्लानसँग आबद्ध रहेका छन् ।
तीनै जनासँगको सम्झतौ एक वर्षको रहने बताइएको छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले क्रिकेटका तीन सफल खेलाडीसँगलाई रुस्लानसँग जोड्न पाउँदा खुसी लागेको बताएका छन् ।
खेलकुदका माध्यमबाट नेपालालाई विश्व सामूह चिनाउन मद्दत गर्ने यस्ता खेलाडीले नेपाली क्रिकेटको विकासमा पनि ठूलो भूमिका निर्वाह गर्नेमा जावलाखल गु्रप अफ इन्डस्ट्रिडज विश्वस्त रहेको शाहले बताए ।
फुटबल र क्रिकेटका विभिन्न प्रतियोगिता र क्लबहरुलाई प्रायोजन गर्दै आएको रुस्लानले भविष्यमा अन्य खेलको विकासमा पनि सहयोग गर्ने जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीले बताएका छन् ।
रुस्लान धनगढी प्रिमियर लिगको मुख्य प्रायोजक हो । त्यस्तै घरेलु फुटबलको सफल क्लब थ्री स्टारलाई पनि रुस्लानले मुख्य प्रायोजन गर्दै आएको छ ।
पारस र ज्ञानेन्द्र मंगलबार नेपाली क्रिकेट टोलीसँगै युएइ प्रस्थान गरेका छन् । अस्वस्थताका कारण शरद भने यसपटक टोलीसँग भ्रमणमा छैनन् । नेपालले युएईसँग ३ एक दिवसिय र ३ टि ट्वान्टी क्रिकेट खेल्नेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]