6 years ago
January 22, 2019
एजेन्सी – अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) महिला टी-२० क्रिकेट वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।
नेपालले १३ खेलमा १ सय २३ रेटिङ सहित १६ औं स्थानमा छ। यसअघि नेपाल १ सय १७ रेटिङसहित १८ औं स्थानमा थियो । केहि दिन अघि थाईल्यान्डमा सम्पन्न महिला टी–२० स्मास प्रतियोगितामा सानदार प्रर्दशन गरेपछि नेपालले सुधार गरेको हो । उक्त प्रतियोगितामा थाइल्यान्डसँग ७० रनले पराजित हुँदै नेपाल उप विजेता बनेको थियो ।
नेपालले समूह चरणमा चीन, मलेसिया, युएई र थाइल्यान्ड ए तथा सेमिफाइनलमा इन्डोनेसियालाई पराकिलो अन्तरले पराजित गरेको थियो । जसको फाइदा वरियतामा पुगेको हो । नयाँ वरियता अनुसार अस्टेलिया शीर्षस्थानमा हुँदा इंग्ल्यान्ड दोस्रो,न्युजिलयान्ड तेस्रो,वेस्ट इन्डिज चौथो र भारत पाँचौ स्थानमा रहेका छन् । वरियतामा थाइल्याण्ड १२ औं स्थानमा छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]