default_image

6 years ago

January 22, 2019

‘एकै पटकमा कोही राम्रो खेलाडी बन्दैन’ – कप्तान पारस

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार यूएई प्रस्थान गरेको छ । बिहिबारदेखि सुरु हुने ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ खेलको ट्वान्टी-२० सिरिजका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

यूएई जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले युवा खेलाडीलाई दिएको मौका ग्रहण गर्नुपर्ने र एकै पटकमा कोहि राम्रो खेलाडी नबन्ने बताएका छन् । काठमाडौंमा एक विदाई कार्यक्रममा बोल्दै पारसले भने, ‘एकै पटक कोही राम्रो खेलाडी बन्दैन, घरेलु प्रतियोगिताको प्रर्दशन र क्षमता हेरेरै युवा खेलाडीलाई मौका दिएका छौं । हामीले अहिलेको लागि मात्र नभएर भविष्यलाई मध्यनजर गर्दै मौका दिएका हौं । ‘

‘प्लेइङ ११ मा मौका पाउने जोकोही युवा खेलाडीले राम्रो प्रर्दशन गर्ने छन् । यो ओडीआई सिरीजसँगै नेपाल आईसीसीको वरियता आउने भएकोले पनि हाम्रा लागि निकै महत्त्वपूर्ण छ’ पारसले थपे ।

पारसले यसपटक ब्याटिङ, फिल्डिङ र बलिङ तीनै पक्षमा राम्रो प्रर्दशन गर्नु पर्ने बताए । ‘विगतमा ब्याटिङ समस्या रहँदै आएको सबैलाई थाहा छ । यसपटक त्यहि समस्या लिएर होइन कि सबै पक्षमा बलियो प्रदर्शन गर्ने लक्ष्य हुनेछ । सबै पक्षमा राम्रो भएमात्र नतिजा ल्याउन सकिन्छ,’ उनले भने । पारसले जिम्मेवारी दिए आफु ओपनिङ गर्न पनि तयार रहेको बताए ।

प्रशिक्षक जगत टमटाले पारसले टी–२० मा ओपनिङ गर्ने जानकारी दिए । ‘पारसले फेन्चाइज लिगमा पनि ओपनिङ गरेको छ । २० ओभरको खेल हो र अहिले हामीसँग ९ नम्बर सम्म ब्याट्सम्यान छन् । मध्यक्रम र तल्लोक्रममा राम्रो ब्याटिङ छ, ब्याटिङलाई अझ मजबुत बनाउन पारसलाई ओपनिङ ल्याउन लागेका हौं’,टमाटाले भने ।

‘पारसले टी–२० मा ओपनिङ गर्दा तेस्रो नम्बरमा दिपेन्द्र ऐरी, विनोद भण्डारी र ज्ञानेन्द्र मल्ल मध्य एक आउन छन् । ओडीआईको लागि भने समीकरण यूएई गएपछि मात्र थाहा हुनेछ’, उनले जानकारी दिए । त्यस्तै भिम सार्की र सन्दीप जोरा नेपालकै उत्कृष्ट फिल्डर रहेको पनि उनले बताए ।

नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट उपस्थित थिए । नेपाली टोली आज दिउँसो ४ : २० मा दुवई तर्फ लाग्ने छ । नेपालले पहिलो ओडीआई खेल २५ जनवरी,दोस्रो २६ र तेस्रो २८ जनबरीमा खेल्ने छ । त्यस्तै ३१ जनवरीमा पहिलो टि ट्वान्टी आई, दोस्रो १ फेब्रुअरी र अन्तिम तथा तेस्रो ३ फेब्रुअरी खेल्दै नेपालले युएई भ्रमण सकाउने छ ।

नेपाली टोली :
पारस खड्का (कप्तान),अभिनाश बोहोरा,वसन्त रेग्मी,विनोद भण्डारी,दिपेन्द्रसिंह ऐरी,ज्ञानेन्द्र मल्ल,करण केसी,ललित नारायण राजवंशी,आरिफ शेख,पवन सर्राफ,प्रदिप ऐरी,रोहित कुमार पौडेल,सन्दिप लामिछाने, सोमपाल कामी,सन्दिप जोरा,भिम सार्की ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.