6 years ago
January 22, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०१८ मा टेस्ट, वान डे र टी–२० मा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई सम्मानित गरेको छ । भारतीय क्रिकेटर विराट कोहली टेस्ट र वान डे दुवैमा ‘आईसीसी क्रिकेटर अफ द इयर’ को अवार्ड पाएका छन् । विराट वान डे र टेस्टतर्फ कप्तानको रुपमा पनि चुनिएका छन् ।
विराटले आईसीसी अवार्डमा ह्याट्रिकनै गरेका छन् । आईसीसीको अवार्डमा भारतीय खेलाडीको वर्चश्व रहेको छ । नेपालबाट भने कुनैपनि खेलाडी आर्वड पाएनन् । एसोसियट क्रिकेटरको तर्फबाट सन्दीप लामिछानेले पाउने आसा गरिएपनि स्कटल्यान्डका ब्याट्सम्यान कैलम म्याकलोइड पाए ।
आईसीसीले मंगलबार घोषणा गरेको आवर्डमा हेर्नुहोस कुन खेलाडीले कुन-कुन अवार्ड पाए :
सर गारफील्ड सोबर्स अवार्ड फर क्रिकेटर अफ द इयर – विराट कोहली
आईसीसी टेस्ट क्रिकेटर अफ द इयर – विराट कोहली
आईसीसी ओडीआई क्रिकेटर अफ द इयर – विराट कोहली
आईसीसी टी–२० प्रोफेमेसन क्रिकेटर अफ द इयर– आरोन फिन्च
आईसीसी इमरजिङ क्रिकेटर अफ द इयर – ऋषभ पन्त
द आइसीसी स्प्रिट क्रिकेट अफ द इयर – केन विलियम्सन
आईसीसी एसोसिएट क्रिकेटर अफ द इयर – कैलम म्याकलोइड
आईसीसी एम्पार अफ द इयर – कुमार धर्मसेना
आईसीसी फ्यान्स मोमेन्ट अफद इयर – भारतीय यू–१९ विश्वकप विजेता
आईसीसी टेस्ट टिम अफ द इयर –२०१८
१.टम लेथम(न्यजिल्यान्ड)ओपनर
२.डिमथ करुणारत्ने (श्रीलंका) ओपनर
३. केन विलियम्सन(न्युजिल्यान्ड)
४.विराट कोहली (भारत) कप्तान
५.हेनरी निकोल्स(न्यजिल्यान्ड)
६.ऋषव पन्त (भारत) विकेट किपर
७.जोसन होल्डर(वेस्ट इन्डिज)
८.कागिसो रवाडा(दक्षिण अफ्रिका) तीब्र गतिका बलर
९.नाथन लायन(अस्ट्रेलिया) स्पिनर
१०.जसप्रित बुमराह(भारत ) तीब्र गतिका बलर
११.मोहम्मद अव्वास(पाकिस्तान) स्पिनर
आईसीसी ओडीआई टिम अफ द इयर – २०१८
१.रोहित शर्मा(भारत) ओपनर
२.जोनी बेरस्टो(इंग्ल्यान्ड) ओपनर
३.विराट कोहली (भारत) – कप्तान
४.जो रुट(इंग्ल्यान्ड) ब्याट्सम्यान
५.रोश टेलर(न्यजिल्यान्ड) ब्याट्सम्यान
६.बेन स्टोक्स(इंग्ल्यान्ड) – अलराउण्डर
७.जोश बटलर (इंग्ल्यान्ड) – अलराउण्डर
८.मुस्ताफिजुर रहमान(बंगलादेश) तीब्र गतिका बलर
९.राशिद खान(अफगानिस्तान) स्पिनर
१०.कुलदिप यादव (भारत) स्पिनर
११.जसप्रित बुमराह (भारत) तीब्र गतिका बलर
January 15, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]