6 years ago
January 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब एमिरेट्स (यूएई) सँग हुने ३ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय को नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
आइतबार भिम सार्की, पवन सराफ, अभिनास बोहोरा र सन्दीप जोरालाई पहिलो पटक टोलीमा समेट्दै १६ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । भिम, अभिनास, पवन र सन्दीपले पछिल्लो समय घरेलु तथा उमेर समुहमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । अनुभवी खेलाडी शरद भेषावकर अस्वस्थताका कारण टोलीमा छैनन् । उनले अाफैं टोलीबाट नाम फिर्ता लिएका हुन् ।
नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । ट्वान्टी– २० अन्तर्राष्ट्रिय सिरिज भने ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म चल्नेछ । सिरिजका सबै खेल दुबईमा हुनेछ ।
१६ सदस्य टोली :
पारस खड्का (कप्तान)
अभिनाश बोहोरा
वसन्त रेग्मी
विनोद भण्डारी
दिपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
करण केसी
ललित नारायण राजवंशी
आरिफ शेख
पवन सर्राफ
प्रदिप ऐरी
रोहित कुमार पौडेल
सन्दिप लामिछाने
सोमपाल कामी
सन्दिप जोरा
भिम सार्की
वैकल्पीक खेलाडी
सुशन भारी
विक्रम सोव
ललित भण्डारी
२५ जनवरी – शुक्रबार – पहिलो ओडीआई
२६ जनवरी – शनिबार – दोस्रो ओडीआई
२८ जनवरी – सोमबार – तेस्रो ओडीआई
३१ जनवरी – बिहीबार – पहिलो टि-२०आई
१ फेब्रुअरी – शुक्रबार – दोस्रो टि=२०आई
३ फेब्रुअरी – आइतबार – तेस्रो टि-२०आई
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]