default_image

6 years ago

January 19, 2019

सन्दीपको कसिलो बलिङ, तर सिक्सर्स पराजित

70 views

0 Bookmark

ढाका (एजेन्सी) – बंगलादेश प्रिमियर लिगमा (बिपिएल)को २१ औं खेलमा सन्दीप लामिछानेको टोली सिल्हेट सिक्सर्स रंगपुर राइडर्ससँग ४ विकेटले पराजित भएको छ ।

शनिबार १ सय ९५ रनको लक्ष्य रंगपुरले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । रंगपुरको जितमा रिली रोसोवले ३५ बलमा ९ चौका २ छक्का प्रहार गर्दै ६१ रन बनाए । त्यस्तै एबी डी भिलियर्सले ३४,एलेक्स हेल्स ३३,नाहिदुल इस्लाम १९,फरहाद रजा १८ र मोहम्मद मिथुनले १४ रन जोडे ।

सिक्सर्सका तस्कीन अहमदले ४ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिएपनि टोलीको हार टरेन । नेपाली युवा बलर सन्दीप कसिलो बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चदा कुनै विकेट लिन सकेनन् ।
त्यस अघि सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा टस हारेर ब्याटिङ थालेको सिल्हेट सिक्सर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ बनाएको थियो ।

सिक्सर्स शब्बिर रहमानले ५१ बलमा ६ छक्का र ५ चौका प्रहार गर्दै ८५ रन बनाए पनि टोलीको हार टरेन । त्यस्तै निकोलस पुरन ४७, कप्तान डेविड वार्नर र अफिफ हसनले समान १९ रन जोडे । रंगपुरका लागि कप्तान मशरफे मोर्तजाले २ विकेट लिएका थिए ।

सिक्सर्सले अव २३ जनवरीमा राजशाही किंग्ससँग प्रतिसप्रर्धा गर्ने । सन्दीप किंग्ससँगको खेलपछि नेपाल र युएईबीच २५ जवनरी सुरु हुने ३ ओडीआई र ३ अन्तर्राष्टिय टि ट्वान्टी सिरिजका लागि दुबई जानेछन् ।

सिक्सर्सका शब्बिर रहमानले ५१ बलमा ६ छक्का र ५ चौका प्रहार गर्दै ८५ रन बनाए पनि टोलीको हार टरेन । त्यस्तै निकोलस पुरन ४७, कप्तान डेविड वार्नर र अफिफ हसनले समान १९ रन जोडे । रंगपुरका लागि कप्तान मशरफे मोर्तजाले २ विकेट लिएका थिए ।

सिक्सर्सले अव २३ जनवरीमा राजशाही किंग्ससँग प्रतिसप्रर्धा गर्ने । सन्दीप किंग्ससँगको खेलपछि नेपाल र युएईबीच २५ जवनरी सुरु हुने ३ ओडीआई र ३ अन्तर्राष्टिय टि ट्वान्टी सिरिजका लागि दुबई जानेछन् ।

March 16, 2025

पिएम कप – एपिएफले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]

March 16, 2025

वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]

March 16, 2025

पिएम कप – लुम्बिनीले बागमतीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]

Success

Thank you for your time.