9 years ago
April 15, 2016
शनिबार र सोमबार हुने नेपाल-नामिबियाबीचका खेल नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
खेल सञ्चालनका लागि काठमाडौंमा रहेको आइसीसी टोलीले शुक्रबार नेपाल टेलिभिजनलाई ‘राष्ट्रिय खेलकूद परिषदको’ सिफारिशमा ब्रोडकास्टरको रुपमा मान्यता दिएको हो ।
२०१५ अप्रिलमा नेपाल क्रिकेट संघ (क्यान) तथा नेपाल टेलिभिजनबीच पाँच वर्षका लागि नेपालमा सञ्चालन हुने क्रिकेट खेल प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको थियो ।
क्यानभित्र विवाद चुलिएको मौका छोपेर याे पटक सो सम्झौता उल्लंघन गर्ने प्रयास भित्रभित्रै भएता पनि आइसीसी टोलीले शुक्रबार नेपाल टेलिभिजनलाई ‘राष्ट्रिय खेलकूद परिषदको’ सिफारिशमा ब्रोडकास्टरको रुपमा मान्यता दिएको हो ।
November 15, 2024
एजेन्सी – इङ्ग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर इण्डियन प्रिमियर लिग(आइपिएल) को अन्तिम अक्सन सुचीमा अटाएनन्। आइपिएलले शुक्रवार जारी गरेको ५ सय ७४ जना अन्तिम खेलाडीको सुचीमा आर्चरले स्थान पाएनन् । अक्सनको अन्तिम सुचीमा ३ सय ६६ भारतीय र २ सय ८ जना विदेशी खेलाडी अटाउदा आर्चरले बनाउन सकेनन् । आर्चरले अक्सनको अन्तिम सुचीमा स्थान […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि वेस्ट इण्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गराएको शुक्रवार विज्ञप्ती मार्फत जनाएको छ । २० वर्षिया बायाँ हाते तीव्र गतिका बलर रामोनले आइसिसी यु १९ क्रिकेट विश्व कप २०२२ मा वेस्ट इन्डिजका […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणमा विभिन्न टोलीमा आवद्ध भएका तीन क्रिकेटर इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को अन्तिम अक्सन सुचीमा अटाएका छन् । आइपिएलले शुक्रबार जारी गरेको ५ सय ७४ जना खेलाडीको अन्तिम अक्सन सुचीमा एनपिएलमा आवद्ध तीन खेलाडीले स्थान बनाएका हुन् । आईपिएल अक्सनमा लुम्बिनी लायन्सका अमेरिकी उन्मुक्त चन्द, […]