6 years ago
January 18, 2019
मेलबर्न (एजेन्सी)– महेन्द्र सिंह धोनीले उत्कृष्ट ब्याटिङ गरेपछि अस्ट्रेलियासँगको तेस्रो खेलमा भारत ७ विकेटले विजयी हुँदै २–१ ले वान डे सिरिज जितेको छ । यो सँगै भारतले पहिलो पटक एकै साथ अस्ट्रेलियन भूमिमा टेस्ट र वान डे दोहोरो सिरीज जित्दै इतिहास रचेको छ ।
टि ट्वान्टी सिरिज भने बराबरीमा सकिएको थियो । शुक्रबार २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले ४९.२ ओभरमा ३ विकेटको क्षतिमा आवश्यक रन जोडेको थियो । भारतको जितमा धोनी नायक बने । १ सय १४ बलमा खेलेका धोनी ६ चौका सहित ८७ रनमा नट आउट रहे ।
चौथो विकेटका लागि धोनीले केदार जाधवसँग १ सय २१ रनको शतकिय साझेदारी गरेपछि भारतको जित सहज बनेको थियो । ५७ बलमा ७ चौका प्रहार गर्दै जाधव ६१ रनमा अविजित रहे ।
भारतका कप्तान विराट कोहली ४६,शिखर धवन २३ र रोहित शर्माले ९ रन जोडे । अस्ट्रेलियाका लागि झेय रिचड्र्सन,पिटर सिडल र मार्कस स्टोइनिसले समान एक विकेट लिएपनि जितको लागि प्रर्याप्त रहेन ।
त्यस टस हारेर ब्याटिङ थालेको घरेलु टोली अस्ट्रेलिया ४८.४ ओभरमा २ सय ३० रन बनाउँदा अल आउट भएको थियो । टोलीका लागि पिटर हेन्ड्सकोम्बले सर्वाधिक ५८ रन बनाए । सन मार्श ३९,उस्मान खवाजा ३४,ग्लेन म्याक्सेवल २६,झेय रिचड्सर्न १६, कप्तान आरोन फिन्च १४ र पिटर सिडल १० रनमा नट आउट रहे ।
घातक बलिङ गरेका युजवेन्द्र चाहलले १० ओभरमा ४२ रन खर्चेर ६ विकेट लिए । त्यस्तै मोहम्मद शामी र भुवनेश्वर कुमारको नाममा पनि समान २ विकेट रह्यो ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]