default_image

6 years ago

January 18, 2019

इन्डोनेसियामाथि फराकिलो जित निकाल्दै नेपाल फाइनलमा

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा इन्डोनेसिया ९२ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य पछ्याउने क्रममा इन्डोनेसिया ११.१ ओभरमा सबै विकेट गुमाएर मात्र २७ रनमा समेटियो । इन्डोनेसियाका लागि ओपनर यूलिया आन्ग्रेनीले बनाएको १३ रननै सर्वाधिक बन्न पुग्यो । अन्य कुनै पनि ब्याट्समयानले दोहोरो अंकमा रन जोड्न सकेनन् । इन्डोनेसियाका ४ ब्याट्समयान डक आउट भए ।

नेपालका लागि कप्तान रुविना क्षेत्री वेलवासेले घातक बलिङ गरिन् । उनले ३ ओभरमा २ मेडन सहित २ रन खर्चर ३ विकेट लिइन् । त्यस्तै कविता कुँवर, नेरी थापा, सरिता मगर र सिता राना मगरले १-१ विकेट लिए ।

त्यस अघि तेर्थई क्रिकेट मैदानमा शुक्रबार नेपालले टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १९ रन बनाएको थियो । नेपालका लागि ओपनर सिता राना मगरले ६२ बलमा १ चौका प्रहार गर्दै ४८ रन बटुलिन् । त्यस्तै इन्दु बर्माले ३३ बलमा २ चौका प्रहार गर्दै ३७ रनमा नट आउट रहिन् ।

पहिलो विकेटका लागि काजल श्रेष्ठ र सिताले ३१ रनको साझेदारी गर्दै बलियो सुरवात दिलाएका थिए त्यस्तै दोस्रो विकेटका लागि सिताले इन्दु बर्मासँग ७० रनको साझेदारी गरेपछि नेपालले बलियो योगफल तयार पारेको थियो । काजल श्रेष्ठ १४ र नेरी थापाले ५ र कप्तान रुविना क्षेत्री वेलवासेले २ रन जोडे ।

नेपालले फाइनलमा आज दिउँसो हुने थाइल्यान्ड र यूएईबीचको विजेतासँग शनिबार खेल्ने छ । नेपालले समुह चरणमा चीन, यूएई, मलेसिया र थाइल्यान्ड ए लाई पराजित गर्दै समुह विजेताको सेमिफाइनलमा प्रवेश गरेको थियो ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.