6 years ago
January 18, 2019
एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इन्डोनेसियालाई १ सय २० रनको लक्ष्य दिएको छ ।
तेर्थई क्रिकेट मैदानमा बुधबार नेपालले टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १९ रन बनायो । नेपालका लागि ओपनर सिता राना मगरले ६२ बलमा १ चौका प्रहार गर्दै ४८ रन बटुलिन् । त्यस्तै इन्दु बर्माले ३३ बलमा २ चौका प्रहार गर्दै ३७ रनमा नट आउट रहिन् ।
काजल श्रेष्ठ १४ र नेरी थापाले ५ रन जोडे । पहिलो विकेटका लागि काजल श्रेष्ठ र सिताले ३१ तथा दोस्रो विकेटका लागि सिता र इन्दु बर्माले ७० रनको साझेदारी गरेपछि नेपालले बलियो योगफल तयार पारेको हो ।
नेपालले समुह चरणमा चीन, यूएई,मलेसिया र थाइल्यान्ड ए लाई पराजित गर्दै समुह विजेताको सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै अर्को सेमिफाइनल खेलमा थाइल्यान्ड र यूएई खेल्दै छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]