6 years ago
January 17, 2019
ढाका (एजेन्सी) – बंगलादेश प्रिमियर लिगमा(बिपिएल)को टिम सिल्हेट सिक्सर्सका कप्तान डेविड वार्नर आगमी सोमबार अस्ट्रेलिया फर्किने भएका छन् ।
वार्नर चोटका कारण उपचारको लागि अस्ट्रेलिया फर्किन लागेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । क्रिकेट अस्ट्रेलियाका अनुसार वार्नरको दाया कोहनीमा चोट लागेको छ । वार्नरले शुक्रबार हुने ढाका डायनामाइट्स र शनिबार रंगपुर राइडर्सबीरुद्द भने खेल्न सक्ने संभावना छ ।
वार्नरले हाल सम्म सिक्सर्सबाट ५ खेलमा २ अर्धशतक सहित कुल १ सय ४१ रन बनाएका छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि सिक्सर्सबाट बिपिएल खेली रहेका छन् ।
गत मार्चमा दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टको दौरानमा बलटेम्परिङ काण्डका कारण एक वर्षे अन्तर्राष्ट्रिय प्रतिबन्ध खेपी रहेका वार्नर र स्टिम स्मिथ आफ्नो फम जारी राख्न फे्रन्चाइज लिग खेल्दै आएका छन् ।
स्मिथ पनि चोटका कारण बिपिएलबाट अस्ट्रेलिया एक हप्ता अघिनै फर्किएका छन् । यी दुबै खेलाडीको प्रतिबन्ध आगमी मार्च ३० देखि सकिने छ । सिक्सर्सले जारी बिपिएलमा ५ खेलमा २ मा जित र ३ मा हारका साथ अंक तालिकाको छैटौं स्थानमा छ ।
March 17, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]