6 years ago
January 16, 2019
ढाका (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दप लामिछानेको कसिलो बलिङसँगै बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा सिल्हेट सिक्सर्सले रंगपुर राइडर्सलाई २७ रनले पराजित गरेको छ । १ सय ८८ रनको लक्ष्य पक्ष्याएको राइडर्स निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन मात्र बनाउन सक्यो ।
सन्दीपले राइडर्सविरुद्ध ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। सन्दीपले सातौं ओभरमा ६ रन खर्चदै पहिलो ओभर सकाएका थिए । चार सिंगल र एक डबल रन थियो । सन्दीपले ९ औं ओभरमा ५ रन मात्र खर्चिए । जसमा सिंगल तीन र डबल एक थियो । सन्दीपले ११ औं ओभरमा तीन डट,दुई सिंगल र एक डबल गर्दै मात्र ४ रन खर्चिए । १७ औं ओभरको पाँचौ बलमा बेनी होवेललाई १३ रनमा बोल्ड आउट गरे । यस ओभरमा सन्दीपले ३ रन मात्र खर्चिए ।
राइडर्सका लागि रिले रोसौव५८,मोहम्मोद मिथुन ३५ र कप्तान मशरफे मोर्तजा ३३ रन बनाउन बाहेक अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । सन्दीप बाहेक सिक्सर्सका तस्कीन अहमद र मेहदी हसन रानाले समान दुइ विकेट हात पारे ।
त्यस अघि सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ थालेको सिक्सर्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । टोलीका लागि ओपनर लिटन दासले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ७० रन बनाए । कप्तान डेविड वार्नरले ३६ बलमा ६ चौका र २ चौका प्रहार गर्दै ६१ रनमा अविजित रहे । सिक्सर्सका अन्य निकोलस पुरन २६,शबिर रहमान २० रन जाडे । राइडर्सका शफीउल इस्लामले सर्वाधिक ३ विकेट लिए ।
त्यस अघि सन्दीप कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै २ विकेट लिएका थिए । दोस्रो खेलमा चितगोंग भाइकिंग्स र तेस्रो खेलमा ढाका डायनामाइट्सविरुद्ध बिकेट लिन सकेनन् । कोमिल्लासँग चौथो खेलमा भने सन्दीप बेन्चमा बसेका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]