6 years ago
January 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डमा जारी वुमन्स टी-२० स्मास प्रतियोगितामा नेपालले थाइल्याण्ड ए लाई ९ विकेटले पराजित गरेको छ । यससँगै नेपाल समूह चरणका सबै ४ खेलमा जित दर्ता गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।
तेर्थई क्रिकेट मैदानमा बुधबार नेपालले टस जितेर ब्याटिङ रोजेको थाइ टोलीलाई १६ औं ओभरमा १९ रनमा अलआउट गरेको थियो । अतिरिक्तबाट सर्वाधिक ७ रन पाएको थाइल्याण्डका लागि ५ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । थान्चानोक फोप्लुकले २४ बलको सामना गर्दै सर्वाधिक ४ रन बटुलेकी थिइन् ।
नेपालका लागि आरति विडारीले ४ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन । इन्दु वर्मा र सरिता मगरले २-२ तथा रुविना क्षेत्री, सोनु खड्का र सिता रानामगरले १-१ विकेट लिए ।
जवाफमा नेपालले चौथो ओभरमा नै लक्ष्य पुरा गर्यो । नेपालका लागि ओपनर ममता कुमारी चौधरी ९ बलमा ८ रन जोड्दै आउट भइन । नेरी थापा ५ र डली भट्ट २ रनमा नटआउट रहे ।
नेपालले यसअघि चीन, यूएई र मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]