6 years ago
January 15, 2019
ढाका (एजेन्सी)– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको बंगलादेश प्रिमियर लिगमा (बिपिएल) को चौथो खेलमा प्लेइङ ११ अटाएका छैनन् ।
चौथो खेलमा सन्दीपको टिम टोली सिल्हेट सिक्सर्सले कोमिल्ला भिक्टोरिएन्सविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै छ । कप्तान डेविड वार्नरले बुझाएको प्लेइङ ११ को सूचिमा सन्दीपको नाम अटाएको छैन । सन्दीपले पछिल्ला दुई खेलमा खराव प्रर्दशन गर्दै विकेट विहीन हुन पुगेका थिए । जसको कारण आज टिम बाहिर राखेको हुन सक्ने अनुमान गरिएको थियो ।
चितगोंग भाइकिंग्सविरुद्ध ४ ओभरमा २१ रन खर्चिदा कुनै विकेट भने लिन नसकेका सन्दीपले तेस्रो खेलमा ढाका डायनामाइट्सबीरुद्ध ४ ओभरमा ३३ रन खर्चे तर विकेट लिन सकेका थिएनन् । पहिलो डेब्यू खेलमा कोमिल्ला भिक्टोरिएन्सविरुद्ध सन्दीपले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए ।
January 15, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]