default_image

6 years ago

January 15, 2019

कोहली शतकमा भारतको जित

88 views

0 Bookmark

एजेन्सी – कप्तान विराट कोहलीको शतकसँगै अस्ट्रेलियाविरुद्ध दोस्रो वान डे खेलमा पाहुना टोली भारत ६ विकेटले विजयी भएको छ । योसँगै तीन वान डे श्रृंखला १–१ को अवस्थामा पुगेको छ । तेस्रो तथा निर्णयक खेल आगमी १८ जनवरीमा मेलवर्नमा हुने छ । पहिलो वान डे खेलमा अस्ट्रेलिया ३४ रनले विजयी भएको थियो ।

मंगलबार भारतले २ सय ९९ रनको लक्ष्य ४ विकेटको क्षतिमा अन्तिम ओभरको दोस्रो बलमा पूरा गर्यो । भारतको जितमा कप्तान विराट कोहलीले १ सय १२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै १ सय ४ रन बनाए । यो कोहलीको ३९ औं वान डे शतक हो  । त्यस्तै पूर्वकप्तान महेन्द्र सिंह धोनीले विजयी इनिङ्स खेले । धोनीले अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा पहिलो बलमा छक्का र दोस्रोमा एक रन लिंदै खेल जिताए ।

लामो समय देखी खराव लयको कारण चर्को आलोचना खेपी रहेका धोनीले आफ्नो आलोचकहरुलाई जवाफ दिएका छन् । धोनीले ५४ बलमा २ छक्का प्रहार गर्दै ५५ रनमा नट आउट रहे । दिनेश काात्तिक २५ रनमा अविजित रहे । भारतका लागि शिखर धवन ३२, रोहित शर्मा ४३ र अम्बाती रायडूले २४ रनको योगदान दिए । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, झेय रिचर्डसन र जेसन बेहरेनडोर्फले समान एक विकेट लिएपनि जितको लागि पर्याप्त रहेन ।

त्यसअघि एडिलेडमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले शन मार्शको शतकमा निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ९८ रन बनाएको थियो । मार्शले १ सय २३ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै १ सय ३१ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । ग्लेन म्याक्सवेलले ३७ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४८ रन बटुले ।

अष्ट्रेलियाका लागि मार्कस स्टोइनिस २९, पिटर हैन्ड्सकोम्ब २०, उस्मान खवाजा २१, एलेक्स क्यारी १८ र नाथन लायनले १२ रनको योगदान दिए । भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामीले ३ र रविन्द्र जडेजाको नाममा १ विकेट रह्यो ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.