default_image

6 years ago

January 13, 2019

शुभमन र विजय शंकर भारतीय टोलीमा

134 views

0 Bookmark

एजेन्सी – युवा अलराउण्डर शुभमन गिल र विजय शंकरले भारतीय सिमित ओभरको खेलमा मौका पाएका छन् । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले अस्ट्रेलियासँगको दुई वान डे तथा न्युजिल्यान्डसँग हुने ५ वान डे र ३ टी-२० सिरीजको लागि गिल र शंकरलाई टिममा स्थान दिएको छ ।

एक टेलिभिजन कार्यक्रममा महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै अलराउण्डर हार्दिक पान्ड्या र केएल राहुल निलम्बनमा परेपछि यी दुई खेलाडीको स्थानमा गिल र शंकरले मौका पाएका हुन् । निलम्बनसँगै पान्ड्या र राहुल भारत फर्किसकेका छन् । यी दुई खेलाडीमाथि छानबिन भई रहेको छ । छानबिन समय सम्म दुवै खेलाडी टिम बाहिर रहने बिसिसिआईले जनाएको छ ।

भारतलाई यू-१९ विश्वकप जिताउन महत्वपूर्ण प्रर्दशन गरेका गिलले पञ्जाबबाट रणजी ट्रफीमा सानदार प्रर्दशन गरेका छन् । मात्र १० इनिङसमा २ शतक र ५ अर्धशतक प्रहार गर्दै ९८.७५ को औसतमा कुल ७ सय ९० रन बनाएका छन् । राहुलको स्थानमा गिलले पहिलो पटक सिनियर टिममा मौका पाएका हुन् ।

२७ वर्षिय अलराउण्डर विजयी शंकरले भारतीय टिमबाट टी-२० खेली सकेका छन् । शंकरले सन् २०१८ मार्च मा श्रीलंकासँग खेल्दै भारतबाट टी२० खेलमा डेब्यू गरेका थिए । वान डे खेलमा भने पहिलो पटक मौका पाएका हुन् । पान्ड्याको स्थानमा शंकरले लिएका हुन् ।

शंकरले मिडियम पेश बलिङसँगै भारतीय ए र प्रथम श्रेणीमा तल्लो क्रममा ब्याटिङ गर्ने गर्दछन् । शंकरले प्रथम श्रेणीमा ५३ पालीमा ५ शतक र १५ अर्ध शतक प्रहार गर्दै कुल २०९९ रन बनाएका छन् । त्यस्तै ४१ खेलमा शंकरले प्रथम श्रेणीमा ३२ विकेट लिएका छन् ।

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.