default_image

6 years ago

January 13, 2019

नेपालको लगातार दोस्रो जित

120 views

0 Bookmark

एजेन्सी – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार तेर्थाई क्रिकेट मैदानमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

फाइल तस्बिर

मलेसियाले प्रस्तुत गरेको ६२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १७ औं ओभरमा पूरा गर्यो । नेपालका लागि रोमा थापाले सर्वाधिक २० रनको योगदान दिंदै जितसम्म डोर्याइन । उनले २४ बलको सामना गर्दै १ चौका प्रहार गरिन् । त्यसअघि ओपनर सिता रानामगर १५ रनमा रनआउट भएकी थिइन् भने अर्की ओपनर काजल श्रेष्ठले ६ रनमात्र जोडिन ।

इन्दु वर्माले ३ रनको योगदान दिंदा सरिता मगरले खाता नखोल्दै रनआउट भइन् । नेपालका लागि ममता कुमारी चौधरी ९ रनमा नटआउट रहिन । मलेसियाका लागि  इन्तान जफार र ऐना हसिमले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले १९.३ ओभरमा अल आउट हुँदै ६१ रनमा समेटियो । मलेसियाका लागि युसिरिना यकोपले ११, सोलो टिजीन यी १२, मेस एलियसा एसमिन र विनिफ्रेड डुराईसिंगमले समान ९-९ रन जोडे । क्रिस्टीना नीना बारेट र इन्टन जाफरले समान ४ रन बटुले ।

नेपालका लागि सरिता मगरले घातक बलिङ गरिन् । सरिताले ३.३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन् । त्यस्तै नेरी थापा,इन्दु बर्मा र कविता कुँवरले समान एक-एक विकेट लिए ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा शनिबार चीनलाई १० विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको थियो ।



April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.