6 years ago
January 13, 2019
एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा मलेसियाले नेपाललाई ६२ रनको सामान्य लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले १९.३ ओभरमा अल आउट हुँदै ६१ रनमा समेटियो । मलेसियाका लागि युसिरिना यकोपले ११, सोलो टिजीन यी १२, मेस एलियसा एसमिन र विनिफ्रेड डुराईसिंगमले समान ९-९ रन जोडे । क्रिस्टीना नीना बारेट र इन्टन जाफरले समान ४ रन बटुले ।
नेपालका लागि सरिता मगरले घातक बलिङ गरिन् । सरिताले ३.३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन् । त्यस्तै नेरी थापा,इन्दु बर्मा र कविता कुँवरले समान एक-एक विकेट लिए ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा शनिबार चीनलाई १० विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको थियो ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]