6 years ago
January 12, 2019
इनरुवा (हाम्रो खेलकुद) – मेखबहादुर सेनले अन्तिम बलमा चौका प्रहार गरेपछि सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफमाथि प्रदेश चारले १ विकेटको रोमान्चक जित निकालेको छ ।
प्रदेश ४ लाई जितका लागि अन्तिम ओभरमा ४ रन चाहिएको अवस्थामा कमलसिंह ऐरीले लगातार पाँच बल डट गराएपछि खेल एपीएफको पक्षमा जाने देखिएको थियो । तर अन्तिम बलमा सेनले चौका प्रहार गरेपछि प्रदेश ४ ले रोमान्चक जित हात पारेको हो । प्रदेश चारका लागि ओपनर अनिल गुरुङले ९० बलमा १० चौका प्रहार गर्दै ६४ रन बनाए ।
त्यस्तै विधान श्रेष्ठले ८१ बलमा १० चौका प्रहार गर्दै ६१ रनको योगदान दिए । मन्जिल न्यौपाने ३१ जोड्दा मेख बहादुर सेन ७ र राजु गुरुङ ४ रनमा नट आउट रहे । एपीएफका लागि अनिल कुमार शाहले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । कमल सिंह ऐरी, यज्ञमान कुमाल, भुवन कार्की र अमरसिंह राउटेलाले समान एक-एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको गुमाउँदै २ सय १५ रन बनाएको थियो ।अनिल कुमार शाह २६, आशिफ शेख १८, भुवन कार्की ३६, अमर सिंह राउटेला २८, कमल सिंह ऐरीले २७ रन जोड्दा इर्शाद अहमद ३० रनमा नट आउट रहे । प्रदेश चारका लागि अमृत गुरुङ,किशोर महतो र सन्तोष न्यैपानेले समान दुई-दुई विकेट लिए । विपिन खत्री,राजु गुरुङ र विधान श्रेष्ठको नाममा पनि समान १ विकेट रह्यो ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]