default_image

6 years ago

January 12, 2019

सन्दीपको तेस्रो खेल आज

75 views

0 Bookmark

एजेन्सी – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा आज आफ्नो तेस्रो खेल खेल्दै छन् । सन्दीपले टिम सिलहेट सिक्सर्सले बलियो टोली ढाका डायनामाइट्ससँग खेल्दै छ । खेल नेपाली समयअनुसार बेलुका ६:१५ देखी ढाकामा सुरु हुने छ ।

जारी प्रतियोगितामा स्टार खेलाडीले भरिएको ढाका एक मात्र अपराजित टोली हो । तीन खेलमा तीनमानै जित निकाल्दै ढाका शीर्षस्थानमा छ । यता सन्दीपको टिम सिक्सर्स दोस्रो जितको खोजिमा हुने छ। सुरुवाती दुई खेलमा सिक्सर्सले एक मा जित र ए मा हार बेहोरेको छ । ढाकाको कप्तानी बंगलादेशका अलराउण्डर सकिव अल हसनले गर्ने छन् । सकिवसँगै बंगलादेशका तीब्र गतिका बलर रुवेल हसन,वेस्ट इन्डिजका अलराउण्डर सुनिल नारायन, आक्रमक ब्याट्सम्यान आन्द्रे रसेल, रोवमन पावेल, काइरान पोलार्ड,अफगानिस्तानका आक्रमक ओपनर हजरतुल्लाह जजाई जस्ता ठूला नाम गरेका खेलाडी ढाकामा छन् ।

बिपिएलमा सन्दीपको प्रर्दशन
सन्दीपले कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । दोस्रो खेलमा चित्तागोंग भाइकिंग्सविरुद्ध धारिलो बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चिदा कुनै विकेट भने लिन सकेनन् । सन्दीपले आजको खेलमा डेब्यूमै जस्तै उत्कृष्ट बलिङ गर्ने आसा गरिएको छ ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.