6 years ago
January 11, 2019
इनरुवा (हाम्रो खेलकुद) – तीव्र गतिका बलर यज्ञमान कुमाल एक्लैले ७ विकेट लिएपछि इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) ले प्रदेश १ माथि ९२ रनको जित निकालेको छ ।
एपीएफले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पछ्याउने प्रदेश एक १७.५ ओभरमा सबै विकेट गुमाएर ६२ रनमा समेटियो । प्रदेश एकका लागि दिपेश कँडेलले १९ र फिर्दोस अन्सारीले ११ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्याले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रदेश एक ले १६ रन अतिरिक्त पाएको थियो । प्रदेश एक का चार ब्याट्सम्यान डक आउट भए । प्रदेश एकलाई सस्तैमा रोक्न एपीएफका यज्ञमान कुमालले मात्र ५.५ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ७ विकेट लिए । भुवन कार्कीले २ र कमल सिंह ऐरीको नाममा १ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको एपीएफ ३६ ओभरमा अल आउट हुँदै १ सय ५४ रनमा समेटियो । एपीएफका लागि आशिफ शेख र कमल सिंह ऐरले समान ३३ रन जोडे । त्यस्तै पुरन बिक २८, प्रजवल शाही १४ र अनिल कुमार शाहले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।
प्रदेश एकका लागि दिपेश कंडेलले १० ओभरमा १ मेडन सहित ३५ रन खर्चेर ४ लिए पनि टोलीको हार टार्न सकेनन् । सिद्धान्त लोहनीले ३,मुकुन्द यादव २ र पुष्प थापाले १ विकेट हात पारे ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]